के एल टावरमा ‘बिग ‘सेल मेला

Aug 15, 2018 Merolagani

राजधानीको चाबहिल स्थित के.एल टावरमा ‘बिग सेल’ सुरु भएको छ । सेलमेलामा ४५ वटा भन्दा बढी पसलहरू सहभागी छन् । तीन हजार भन्दा बढी सामानहरू लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौना डिस्प्लेमा राखिएको छ । सामानमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

शुक्रबार बाट सुरु भएको मेला एक महिना सम्म चल्नेछ । मेला अवधिभर एक हजार वा सो भन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपन मार्फत ग्राहकले हरेक दिन एक हजार रुपैंया बराबरको सपिंग भौचर जित्न सक्ने छन् ।

मुभि टिकट लगायत आकर्षक उपहारका साथै हरेक साता अमेरिकन टुरिस्टर् को लगेज ब्याग, फ्रि लञ्च कुपन र बम्पर उपहारमा लक्की ड्र मार्फत एक जनालाई टिभिएसको जुपिटर क्लासिक स्कुटर प्रधान गरिने मेलाका संयोजक हिरामणी तिम्सिनाले बताए । उनका अनुसार पाँच हजार भन्दा माथिको सामान खरिद गर्दा हात खाली नजाने उपहारका साथै एफ क्यूब सिनेमाको दुईवटा टिकट उपलब्ध हुनेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।