इन्साईडर ट्रेडिङ्ग गर्नेलाई किन हुँदैन कारबाही ? उम्कियो एचआईडिसिएल

Aug 16, 2018 Merolagani

शेयरबजारमा भित्री कारोबार अर्थात इन्साईडर ट्रेडिङ्ग भएका घटनाहरु समय समयमा सार्वजनिक हुँदै आएका छन् । तर भित्री कारोबारमा संलग्न भएको पुष्टि हुने यथेष्ट प्रमाणहरु हुँदाहुँदै पनि नियामक निकाय कमजाेर बन्दा सम्बन्धित व्यक्ति, संस्था तथा कम्पनीहरुले भने कारबाहीबाट उन्मुक्ति पाउने गरेका छन् । 

गत साउन ११ गते जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गर्यो । उक्त निर्णय नेपाल स्टक एक्सचेञ्जमा साउन १४ गते सोमबार मात्रै सार्वजनिक भयो ।

तर सेयर बजारमा हकप्रद निर्णय गर्नु चार दिन अगाडिदेखि नै कम्पनीको शेयर मूल्य बढाएर कारोबार समेत बढ्न थाल्यो ।

यसबीचमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १५४ बाट १७८ रुपैयाँसम्म पुगेकाे थियाे । जब कम्पनीको आधिकारिक निर्णय सार्वजनिक भयो । त्यसपछि कम्पनीको शेयर मूल्य घट्न थाल्यो । कम्पनीले हकप्रदको निर्णय गर्नु अगावै सूचना बाहिरिँदा दोस्रो बजारमा इन्साईडर ट्रेडिङ्ग गर्नेहरुलाई सहयोग पुर्याएको पाईएको छ ।

औपचारिक निर्णय सार्वजनिक भएकै दिन कम्पनीको शेयर मूल्य घटेर उच्च कारोबार हुनुले पनि पूर्व सूचना पाउनेहरु भित्री काराेबारमा संलग्न भएकाे संकेत गर्छ । 

 

स्पष्टिकरणमै उन्मुक्ति

यी आधारहरुले र कम्पनीले सूचना लुकाएर तीन दिन ढिलागरी सार्वजनिक गरेकाले इन्साईडर ट्रेडिङ्गको पुष्टि हुन्छ ।  तर एचाआईडिसिएललाई कुनै कारबाही गरिएकाे छैन । कम्पनीलार्इ कारबार्हीकाे नाममा नेपाल स्टक एक्सचेञ्ज नेप्सले कम्पनीलाई मौखिक तथा लिखित स्पष्टिकरण मागेर सचेत मात्र गराएर छाड्यो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेले हकप्रदको निर्णय सम्बन्धि सूचना ढिलोगरी नेप्सेलाई उपलब्ध गराएको भन्दै एचआईडिसिएलका प्रमुख कार्यकारी, सचिव लगायतलाई अब आइन्दा यसो नगर्न भन्दै सचेत गराईएको बताए ।

सूचीकृत कम्पनीहरुले संस्थागत सुशासन पालना नगरेमा तथा सूचीकरण सम्झौता उल्लङ्घन गरेमा नेप्सेले कारबाही गर्नसक्छ । साथै सूचीकृत कम्पनीहरु धितोपत्र बोर्डले जारी गरेको आचारसंहिता पालना नगरेमा पनि कारबाहीको भागिदार बन्न सक्छन् ।

तर नेप्से र धितोपत्र बोर्डले नियम उल्लङ्घन गर्ने कम्पनीरुलाई कारबाहीको दायरामा ल्याउन सकेको देखिँदैन । जसले गर्दा सम्बन्धित कम्पनीहरुले नै भित्री कारोबार गर्ने मौका पाउने गरेका छन् । र यस्ता घटना दोहोरीने क्रम बढ्दाे छ । 

के हो भित्री कारोबार ?

धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोवार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग) भनिन्छ । 

धितोपत्रसम्बन्धी ऐन, २०६३ ले भित्री कारोबार गर्ने उपर कडा कानूनी व्यवस्था छ ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ मा कम्पनीका सूचना तथा जानकारी कुनै खास वर्गलाई मात्र उपलब्ध गराएमा, झुट्टो कारोबार गरेमा, मूल्यमा उतार-चढाव ल्याउने गतिविधि गरेमा, धितोपत्र बजारलाई प्रभावित पार्ने तथा झुक्याउने विवरणहरु सार्वजनिक गरेमा भित्री कारोबार गरेको ठहरीने छ ।

यसरी भित्री कारोबार गरेको ठहरिएमा बिगो बमोजिम जरिवाना वा एक बर्ष कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।

 

किन हुँदैन कारबाही ? यसो भन्छ धितोपत्र बोर्ड 

भित्री काराेबार गरिएका घटनाहरू सञ्चार माध्यम मार्फत पटक पटक सार्वजनिक हुने गरेकाे छ । तर भित्री कारोबारमा संग्लग्न भएकाे भनिएकाे आधारमा स्पष्टिकरण साेध्ने र सचेत गराउने बाहेक दण्ड सजाय भएको पाइँदैन । 

यो बिषय अलि जटिल भएका कारण भित्री कारबारमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउन कठिनाई भएको बोर्डको बुझाई छ । इन्साइडर ट्रेडिङ्ग कसैले गरेको थाहा पाएमा कारवार्ही गर्नका लागि ऐन भए पनि नियमावली नभएका कारण कारवाहीको दायरामा ल्याउन नसकेको बोर्डको भनाई छ । 

बोडर्का सह-प्रवक्ता निरञ्जय घिमिरे भित्री सूचनाको आधारमा शेयरको कारोबार भयो भन्ने सूचना बाेर्डमा अाउने गरेपनि  भित्री काराेबार अलिकति जटिल विषय भएका कारण अनुसन्धान गर्न  कठिनाइ भएकाे बताउँछन् । अाराेप लाग्दैमा त्यसलार्इ पुष्टि गर्न सहज छैन ।

नियमन व्यवस्थालाई थप प्रभावकारी र दोस्रो बजारको कारोबारलाई विश्वसनीय बनाउनका लागि भित्री कारोबार बन्देज नियमावली बनाएर लागू गर्न लागिएको जानकारी उनले दिए । 'यो नियमावली निमार्णको चरणमा रहेको छ । यसै आर्थिक बर्षमा लागू गर्ने योजना छ,' उनले भने ।

धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वाजनिक गर्दे भित्री सूचनाका आधारमा हुने कारोबार (इन्साइडर ट्रेडिङ्ग) लाई निरुत्साहित गर्ने कानून तर्जुमा गर्ने घोषणा गरको थियो ।

नेपालको शेयरबजार समय-समयमा नाटकीय ढङ्गबाट उतार-चढाव हुने गरेको छ । कुनै कम्पनीले लाभांश राम्रो दिने वा नदिने वा आर्थिक विवरणका आधार बजारमा भन्दा शेयर बजारका खेलाडीको नक्कली हल्लाले पनि बजार घटबढ हुने गरेको छ । तर कानूनी व्यवस्था भएपनि भित्री कारोबारका आधारमा कसैलाई पनि कारबाही दण्ड सजाय भएको पाइँदैन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।