एनएलजी इन्स्योरेन्सको खुद नाफा १२.७६%ले बढ्यो, ७८ करोड खुद बीमाशुल्क आर्जन

Aug 17, 2018 Merolagani

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले गत आर्थिक वर्ष २०७४।७५ मा खुद नाफा १२.७६ प्रतिशतले सुधार गरेको छ । कम्पनीले अघिल्लो बर्ष २३ करोड ९ लाख खुद नाफा कमाएकोमा गत बर्ष २६ करोड चार लाख पुर्याएको हो । कूल ४५ करोड ४८ लाख आम्दानी गरेको कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ व्यवस्था तथा खर्च गर्दा सो नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ८ कराेड १६ लाख बढी ७८ करोड २८ लाख खुद बीमाशुल्क आर्जन गरेको छ भने पुर्नबीमा कमिशनबाट १९ करोड ५१ लाख आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले ३९ करोड ५३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्दा २२ करोड १६ लाख भुक्तानी गर्न बाँकी देखिन्छ । 

इन्स्योरेन्सको चुक्ता पुँजी ६४ करोड चार लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ करोड चार लाख सञ्चित गरेको छ । ७१ करोड १५ लाख रुपैयाँ बीमा कोषमा राखेको इन्स्योरेन्सको महाविपत्ति काेषमा चार करोड २१ लाख रूपैयाँ रहेको छ ।

कम्पनीले गत वर्ष एक लाख ६७ हजार ५६१ वटा बीमालेख जारी गरेर एक अर्ब ५१ करोड १७ लाख कूल बीमा शुल्क संकलन गरेको छ । कम्पनीको नवीकरण भएको बीमा लेखको संख्या ३३ हजार ४४८ वटा रहेको छ ।

गत वर्षमा कम्पनीले पाँच हजार ३०० संख्याबाट परेको ८२ करोड ७१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको यो कम्पनीको एक हजार ६४४ संख्यामा परेको ६० करोड ९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न अझै बाँकी रहेको छ ।

यस बीमा कम्पनीको प्रति शेयर आम्दानी ४० रुपैयाँ ६७ पैसा र प्रति शेयर नेटवर्थ २३९ रुपैयाँ ६४ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।