आईसिएफसी फाइनान्सले पनि नगद लाभांश मात्रै बाड्ने

Aug 17, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरीसकेको आईसिएफसी फाइनान्स (ICFC) ले गत बर्षको वितरण योग्य मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो बर्षको तुलनामा गतबर्षको नाफा घटेपछि आईसिएफसीले लाभांश समेत घटाएको हो ।

फाइनान्सको साउन ३१ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार फाइनान्सले ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ नगद वितरण गर्नेछ ।

अघिल्लो बर्षको मु्नाफाबाट फाइनान्सले दश प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

फाइनान्सले गत बर्ष ९ करोड ८४ लाख मात्रै खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ कायम गरेको छ । फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख ७२ हजार ४ सय रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।