हिमालयन बैंक र मलेशियाको म्याक्स मनी एक आपसमा ‘मनी क्लेम’ मा उत्रिए, गल्ती कस्को ?

Aug 17, 2018 Merolagani

आफ्नो कम्पनी हडप्न खाजेको भन्दै मलेसियाको म्याक्स मनि एस.डी.एन.बी.एच.डिले हिमालयन बैंकसँग ३ अर्ब रुपैंया बिगो दाबी माग गरेको छ । म्याक्स मनीले मलेशियाबाट रेमिट्यान्समार्फत नेपाल पठाउँदै आएको रकममा हिमालयन बैंकले झुठो विबरण थप गरी ३ अर्ब बढी रकममा हिनामिना गरेको आरोप समेत म्याक्स मनीले लगाएको छ ।

यस सम्बन्धमा मलेशियाबाट नेपाल आएर म्याक्स मनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अब्दा हमिदले पत्रकार सम्मेलन नै गरेका छन् । उनले सन् २०११ देखि २०१६ सम्मको अवधिमा हिमालयन बैंकले झुठो विवरण पेश गरि तीन अर्व बढि रकम भुक्तानी पेश गरेको आरोप लगाएका छन् । यसै आधारमा बैंकसँग ३ अर्ब रुपैंया बिगो दाबी गरिएको उनको भनाई छ ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकमा छानबिनका लागि निवेदन दिएको पनि उनले जानकारी दिए । साथै थप कानुनी उपचारका लागि अदालत जाने पनि उनले चेतावनी दिएका छन् ।

उता हिमालयन बैंकले भने रेमिट्यान्सको कारोबारका क्रममा आफुले म्याक्स मनीसँग ठूलो रकम असुल गर्न बाँकी रहेको दाबी गरेको छ । मेरोलगानीसँगको कुराकानीमा बैंकका एक अधिकारीले भने, ‘हामीले पाउनु पर्ने रकम भुक्तान गर्न पटक पटक ताकेता गरेपछि म्याक्स मनीले यस्तो आरोप लगाएको हो । हामीले लिन बाँकी रकमका सम्बन्धमा यस अघि नै राष्ट्र बैंकलाई जानकारी गराई सकेका छौं ।’

हिमालयन बैंकले म्याक्स मनीको आरोपबाट बिचलित नहुन सेवाग्राहीलाई आग्रह गरेको छ । उता म्याक्स मनीले पनि मलेशियाबाट रेमिट्यान्स रकम पठाउने काम निरन्तर जारी रहने भन्दै आफ्नो प्रतिष्ठामा हिमालयन बैंकका कारण आँच आएको दाबी गरेको छ ।

 

म्याक्स मनीले भनेको छ, ‘हिमालयन बैंकले म्याक्स मनीसँग स्वनिर्मित पिन नम्बर पेश गरि बढि रकम र कमिशन दाबी गर्दै छलकपट जालसाजी गरी म्याक्स मनिद्धारा पठाईएको पैसा हिमालयन बैंकको हिसावबाट हटाएर थप पैसा माग गरेर हामीलाई ठूलो आर्थिक क्षति भएको छ ।’ 

हिमालयन बैंकले पनि भनेको छ, ‘मलेशियाबाट विप्रेषण वापत प्रवाह हुने रकम हिमालयन बैंकले सेवाग्राहीलाई भुक्तान गरिसकेको सन्दर्भमा म्याक्स मनीबाट उक्त रकम अझै असुल हुन सकेको छैन । बक्यौता हिसाब मिलान गर्न छाडेर म्याक्स मनीले विवाद मात्र निम्त्याएको छ ।’

हिमालयन बैंकले म्याक्स मनीलाई ३ अर्ब रुपैंया घोटाला भएको यथेष्ठ प्रमाण बिना बैंकको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै बैंकले सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ । यो विवादमा गल्ती कसको हो ? अनि कसले कसलाई रकम भुक्तान गर्नु पर्ने हो भन्ने सम्बन्धमा यस्तै भन्न सक्ने अवस्था छैन । नियामक तथा सम्बद्ध पक्षले यसमा थप अनुसन्धान गरे पछि मात्र को ठीक र को गलत भन्न सक्ने अवस्था देखिन्छ ।

म्याक्स मनीले उपलब्ध गराएका कागजात यस्ता छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतले पठाएको इमेल, विप्रेषणका दौरान निर्मित हुने पिन नम्बरको विबरण, जहाँ रगं लगाइएका विबरण स्वनिर्मित भएको दाबी गरिएको छ ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।