सम्झौता पत्रमा एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
एशियन लाइफको १० औं वार्षिक साधारण सभाले १० बराबर ६ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको थियो । जस अनुसार अंकित मूल्य एक सय रुपैंयाको दरमा ७५ करोड ४० लाख रुपैंया बराबरको ७५ लाख ४० हजार कित्ता हकप्रद निष्काशन हुन लागेको हो ।
एक अर्ब २५ करोड रुपैंया चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद बिक्री पश्चात चुक्ता पूँजी २ अर्व १ करोड रुपैंया पुग्ने छ ।