एक्सपोर्ट हाउसमार्फत निर्यात गर्नेभए मागेजति सुन दिन राष्ट्र बैंक तयार छ –गर्भनर

Aug 19, 2018 Merolagani

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरन्जिवी नेपालले सुनचाँदी व्यवसायीहरुले गरगहना निर्माण गरेर निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । गर्भनर नेपालले मौद्रिक नीतिमा नै निर्यात गर्ने गरगहनाको लागि सुविधा दिने उल्लेख गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले निर्यात हाउसमार्फत निर्यात गर्ने भए जतिपनि सुन दिन तयार रहेको बताए ।

नेपाल रत्न तथा आभुषण संघको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै गभर्नर नेपालले भने ‘एक्सपोर्ट हाउस खोल्नुस् र हामीलाई यति केजी सुन चाहियो भन्नुस् हामी दिन तयार छौं, तर भुक्तानी संतुलनको लागि भने हामी शर्तक छौं,’ ।

गर्भनर नेपालले व्यवसायीहरुको फरक संघअनुसार माग पनि फरक हुने गरेको भन्दै फुट्ने भन्दा पनि जुटेर आएमा उनीहरुको माग पुरा गर्ने बताए ।

‘हरेक व्यवसायीक संघहरु फुट्ने गरेको हुँदा तपाईँहरु सबै संघ एउटै हुनुस र आउनुस हामी तपाईँहरुको सबै माग पुरा गरिदिन्छौं, तर फेरी फुट्नु भएन्,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष शेखर गोल्छाले सुनचाँदी व्यवसायलाई गलत तरिकाले ब्याख्या गरिने गरेको भन्दै यसले देशको अर्थतन्त्रमा निकै योगदान पुर्याएको बताए । यो व्यवसायले मूल्य अभिवृद्धि गर्ने गरेको, रोजगारी सिर्जना गरेको र निर्यातको निकै संभावना बोकेको उनको भनाई थियो ।

नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाली सिपको प्रयोग भएको सुनचाँदी व्यवसायले नेपाली हस्तकलाको प्रबद्र्धन गरेको बताए । उनले नेपालको व्यापार घाटा कम गर्न एक्सपोर्ट हाउस बनाएर लैजानुपर्नेमा जोड दिए । त्यसैगरि चेम्बरका कार्यबाहक अध्यक्ष मल्लले बैंकलाई मात्र सुन आयात गर्न दिने नियम परिवर्तन गरेर सबैको लागि खुला गरिनुपर्ने जिकिर गरे ।

संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले सरकारले बैंकहरु बाहेक निजी क्षेत्रलाई पनि सुनको आयात गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्ने स्पष्ट पारिन् । त्यस्तै हालको ५० हजार रुपैयाँ भन्दा बढी मुल्यको सुन खरिद गर्न चेकबाट भुक्तानी गर्ने व्यवस्थालाई बढाएर ५ लाख रुपैयाँ भन्दा बढी पुर्याउनुपर्ने माग गरिन् ।

‘सुन खरिदको लागि व्यवसायीहरुले सबै बाणिज्य बैंकहरुमा खाता खोल्नुपर्ने बाध्यता रहेको छ, त्यस्तो व्यवस्था हटाएर एक वा दुई बैंकमा भएको खाताहरुबाट सुन खरिद गर्न सक्ने व्यवस्था गरियोस्,’ उनले भनिन् ।

अध्यक्ष श्रेष्ठले सुनचाँदीमा लगाईने भन्सार दर बेस रेट मूल्यमा नै तोक्नुपर्ने, हालको दैनिक सुन आपूर्तिको कोटालाई बढाउनुपर्ने, बहुमुल्य पत्थरहरुको उत्खनन, प्रशोधन र बिक्री बितरणका लागि सरकारले नीति बनाउनुपर्ने, कालिगढहरुलाई तालिमको व्यवस्था गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षित गरिन् ।

यस संघमा करिब ५०० सदस्यहरु आबद्ध रहेको र अन्यसंघहरुमा समेत नेपालभर १६ हजार भन्दा बढि सुनचाँदी व्यवसायीहरु आबद्ध रहेको छन भने प्रत्यक्ष, अप्रत्यक्ष ५२ हजार परिवार आश्रित हरेको अनुमान गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।