एक अर्बको सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीमले कर सहित १२ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । साथै उक्त प्रतिफल वितरण पश्चात योजनाको समायोजित प्रति इकाई खुद सम्पत्तिको मूल्य १०.१४ रुपैयाँ कायम रहने पनि क्यापिटलले जनाएको छ ।
बिहीबार नेप्सेमा ओरियन्टड स्कीमको प्रति इकाई मूल्य ११ रुपैयाँ ९० पैसा रहेको छ । फण्डको गत असार मसान्तसम्मममा खुद सम्पत्ति एक अर्ब १५ करोड ४० लाख ८३ हजार ७११ रुपैयाँ छ ।
ओरियन्टड स्कीमले ७४ सूचीकृत कम्पनीमा ५९ करोड २० हजार रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निष्काशन, हकप्रद सेयर, बोनस सेयरमा ५ करोड ४३ लाख ३९ हजार रुपैयाँ तथा ऋणपत्र तथा बन्डमा तीन करोड २० लाख ४२ हजार रुपैयाँ लगानी गरेको छ ।
यस फण्डले मुद्धती निक्षेपमा दश करोड तथा ३६ करोड ७१ लाख ९३ हजार रुपैयाँ बैंक निक्षेप राखेको छ ।