बिना लाभांश लुम्बिनी विकास बैंकले डाक्यो साधारण सभा, मर्जर/प्राप्ती एजेण्डा

Aug 19, 2018 Merolagani

राष्ट्र बैंक पूँजी वृद्धिबाट बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी आधारमा सबल र सक्षम बनाउने बाटोमा लगेपश्चात विकास बैंकहरू पनि साधारण सभाबाट मर्जर प्राप्तीको प्रस्ताव पारित गराएर जुनसुकै समयमा सञ्चालक समितिलार्इ प्रकृया अगाडि बढाउने बाटो खुला गरेर बस्न थालेका छन् ।

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आफैँ पुर्याइसकेका वा नजिक रहेका धेरै विकास बैंकहरुले पनि मर्ज र/प्राप्तीमा जाने बाटो खुला राख्न थालेका छन् । आइतबार नै पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक प्राइमसँग प्राप्ती हुने तयारी गर्दै गर्दा लुम्बिनी विकास बैंक (LBBL) ले पनि दशाैं बार्षिक साधारण सभाबाट मर्जर तथा प्राप्तीमा जाने बाटो खुला गर्न लागेको हो । 

बिना लाभांश साधारण सभा, सञ्चित नोक्सानीले लाभांश बाँड्न नमिल्ने

लुम्बिनी विकास बैंकले अघिल्लो आर्थिक बर्ष २०७३/७४ को बार्षिक साधारण सभा भदौ ३१ गते बिना लाभांश आह्वान गरेको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिशन सम्बन्धि उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, डिडिए तथा अन्य सबै प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ । 

त्यस्तै संस्थागत सामाजिक उत्तदायित्वको रकम खर्च गर्ने, संस्थागत र सर्वसाधारण ३/३ जना सञ्चालक नियुक्ती गर्ने लगायतका अन्य प्रस्तावहरु सभामा रहेका छन् ।

आर्थिक बर्ष २०७३/७४ मा १७ कोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंक यस अवधिसम्म २४ करोड १४ लाख सञ्चित नोक्सानीमा रहेकाले लाभांश लाभांश बाँड्न मिल्ने अवस्था छैन । २०७४ असार मसान्तसम्म बैंकको चुक्ता पूँजी दुई अर्ब ८८ लाख रुपैयाँ र जगेडा ७३ करोड २५ लाख रहेको छ ।

भदाै ३१ गतेकाे साधारण सभाका लागि बैंकले भदौ १७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार भदौ १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

यसअघि भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी मिलेर लुम्बिनी विकास बैंक बनेको थियो ।

२०७५ असार मसान्तमा बैंकको चुक्ता पूँजी दुई अर्ब १७ करोड ३२ लाख पुगेकाे छ तथा जगेडा एक अर्ब १४ करोड पुगेको छ । गत बर्ष बैंकले ४० करोड १७ लाख नाफा अार्जन गरेपनि जगेडा  काेष धनात्मक बनाएर यस रकमबाट गत अावकाे नाफाबाट पनि बैंकले बाेनस बाँड्न सक्ने अवस्था छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।