गएको साता उर्लिएको शेयरबजार यसकारण फेरि सुस्ताउन थाल्यो

Sep 09, 2018 Merolagani

यस साता पहिलो दिनको शेयरबजार दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । लगातार पाँच दिन बढेको बजार गत बिहीबारदेखि पुन: घट्न थालेको हो । यो साताको पहिलो दिन नेप्से सूचक १०.७९ अंकले घटेर १२१८.९८ अंकमा झरेको छ ।



 

 

 

गत साताभरमा नेप्से ५३ अंकले बढेको बजारमा कारोबार रकम २६० प्रतिशतले बढेको थियो। गत साताको अन्तिम कारोबार दिन बिहीबार चार अंकले घटेको बजार आइतबार दोहोरो अंकले झरेको छ ।

 

अल्पकालीन कारोबारीहरु बजारमा सक्रिय हुँदा नेप्से तथा कारोबार सुस्ताएको आँकलन गरिएको छ । बजार बढ्नु भन्दा अगाडि सस्तो मूल्यमा शेयर खरिद गर्नेहरु बजार बढेपछि नाफा सुरक्षित गर्न सक्रिय हुँदा यसको नकारात्मक प्रभाव परेको आंकलन गरिएको छ ।

अर्कातर्फ गएको साता अर्थमन्त्री तथा राजश्व सचिव लगायतले लगानकिर्ताहरुको भेटमा लगानीतकर्तालाई मर्का नपर्ने गरी बोनस र हकप्रदमा शेयरमा लाग्ने पूँजीगत लाभकरको बिषयलाई केही दिनभित्रै टुङ्याउने आवश्वना दिएकाले बजारमा सकारात्मक प्रभाव परेको थियो। तर हप्ता दिन नाघिसक्दा पनि यस बिषयमा अर्थमन्त्रालयबाट आधिकारिक जानकारी नआउँदा लगानीकर्ता शंसकित बन्ने पुगेको एक लगानीकर्ताले मेरो लगानीलाई बताए ।

त्यस्तै केही विकास बैंक तथा फाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरेपनि अझैसम्म कुनै पनि वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छैनन् । बजारलाई मुख्य प्रभाव पार्ने वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न गरेको विलम्बले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका छन् । चुक्ता पूँजी पुगिसकेको अवस्थामा वाणिज्य बैंकहरुले के कसरी लाभांश वितरण गर्लान भन्ने कौतुहलता पनि लगानीकर्तामा रहेको छ । जसले गर्दा अझै नयाँ लगानीकर्ताहरु बजार प्रवेश गर्ने उचित समयको पर्खाइमा नै देखिन्छन् ।

असोजबाट बैंक ब्याजदर घट्ने बैंकरहरुले यसअघि नै पटक पटक बताउँदै आएका छन् । ब्याजदर घट्ने आशामा पनि लगानीकर्ता रहेको देखिन्छ । मुलत अल्पकालीन नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा नै बजारमा तिब्र उतार-चढाब देखिने गरेको छ ।

 

यसदिन कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक ७.१६, व्यापार ०.४२, होटल ४.२३, विकास बैंक १५.३२, जलविद्युत १४.४३, फाइनान्स १.०३, निर्जीवन बीमा ८५.९४, उत्पादनमूलक ६.८१, अन्य ८.०८, लघुबित्त २४.९३ र जीवन बीमा ६७.४२ अंकले घटेका छन्।

आइतबार १६६ कम्पनीका १२ लाख ७२ हजार कित्ता शेयर ३२ करोड ७० लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी एनआर्इसी एशिया बैंकको दुई करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

 

२२ प्रतिशत बोनस शेयर घोषणा गरेको जानकी फाइनान्सले शेयरमूल्य सबैभन्दा बढी करिब १० प्रतिशतले बढ्यो भने ग्रीन डेभलपमेन्ट बैकको सबैभन्दा बढी १० प्रतिशत कै हाराहारीमा घट्यो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।