राष्ट्रिय बीमा कम्पनीका सेयरधनीलाई झट्का लाग्ने यस्तो आयो खबर

Sep 11, 2018 Merolagani

कम्पनी सञ्चालक समितिले गरेको प्रस्तावकै भरमा मात्र सेयर बजारमा बुर्कुसी मार्ने लगानीकर्ताहरुलाई राष्ट्रिय बीमा कम्पनी (RBCL) ले अर्को झट्का दिएको छ । यस अघि विभिन्न कम्पनीमा पनि निर्णय उल्टिँदा लगानीकर्ता छाँगाबाट खसेका थिए । 

अहिले बीमा कम्पनीले साधारण सभा बोलाएपछि १२० प्रतिशत बोनसमा बुर्कुसी मार्नेहरु जिल खाएका छन् ।

राष्ट्रिय बीमा कम्पनीले बक्यौता ५ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीले यहि असोज १९ गते नियमित कृयाकलापका प्रस्तावहरु मात्र राखेर साधारण सभा बोलाएको हो । यस अघि प्रस्ताव गरिएको १२० प्रतिशत बोनस भने बीमा समितिको अंकुशका कारण अर्को साधारण सभासम्मका लागि स्थगन भएको छ । 

यस अघि मेरोलगानीले राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत बोनस बीमा समितिबाट स्वीकृत नहुने भनी खबर सम्प्रोषण गरेको थियो । हेर्नुस् पुरानो सामग्री ।

...[राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत बोनसमा बीमा समितिको अंकुस]...

उल्लेखित खबर अनुसार राष्ट्रिय बीमा कम्पनीले २०५१ सालदेखि २०७१ सालसम्म बीमा संस्थानका रुपमा रहँदाको कतिपय हिसाब अझै मिलाउन नसकेका कारण १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्तावलाई तत्काललाई स्थगित गर्दै साधारण बोलाएको हो ।

मेरोलगानीलाई प्राप्त जानकारी अनुसार बीमा कम्पनीले आर्थिक वर्ष २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७ र २०६७/६८ को वार्षिक साधारण सभा बोलाएको हो । यहि असोज १९ गते कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेका लागि साधारण सभा बोलाइएको छ । साधारण सभामा लाभांश सम्बन्धि कुनै प्रस्ताव गरिएको छैन ।

यस अघिको साधारण सभामार्फत ११४ प्रतिशत बोनस बितरण गर्ने क्रममा बीमा कम्पनीले विभिन्न आर्थिक वर्षको सस्पेन्स एकाउण्ट पछि मिलान गर्ने शर्तमा बीमा समितिलाई फकाएको थियो ।

उक्त साधारण सभा भएका आर्थिक वर्षहरुको आम्दानीका हिसाब अहिलेसम्म पनि कम्पनीले मिलाउन सकेको छैन ।

अहिले पनि उसले बीमा समितिलाई ३ आर्थिक वर्षको यस्तो हिसाब मिलाउन नसकेकाले पछाडि मिलाउने भन्दै प्रस्तावित १२० प्रतिशत बोनस स्वीकृत गरिदिन मौखिक आग्रह गरेको थियो । तर बीमा समितिले कम्पनीले हिसाब मिलान गर्न नसक्ने देखेपछि पहिले सबै हिसाब मिलान गरेर आएपछि मात्र बोनस स्वीकृत गर्ने भन्दै कम्पनीलाई फिर्ता पठाएको थियो ।

कम्पनीले यस अघि आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्मको ३ आर्थिक वर्षको कमाईबाट १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । तर लाभांश वितरण गर्ने आर्थिक वर्षहरुको आम्दानीको हिसाब अहिलेसम्म कम्पनीले बीमा समितिलाई बुझाउन सकेको छैन । अब कम्पनीले आर्थिक वर्ष २०६८/६९ पछिका आर्थिक वर्षबाट उक्त बोनस वितरण गर्नु पर्ने हुन्छ । तर बीमा समितिले भने अनुसारका हिसाब मिलान गरेको अवस्थामा मात्र । 

मेरोलगानी स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीले विभिन्न आर्थिक वर्षको गरी झण्डै ८० करोड रुपैयाँ बराबरको सस्पेन्स एकाउण्टको हिसाब मिलान गर्न बाँकी छ । स्रोतका अनुसार आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरीक्षण भने पुरा भएको छ । तर सस्पेन्स एकाउण्टको हिसाब नमिलेका कारण २०६८/६९ पछिका लेखापरीक्षण भईसकेका वर्षको साधारण सभा हुन नसकेको हो । अब सस्पेन्स हिसाब मिलान भएपछि अर्को साधारण सभाबाट मात्र बीमा कम्पनीले यस अघि प्रस्ताव भएको १२० प्रतिशत बोनस वितरण गर्नेछ ।

आर्थिक वर्ष २०७३/७३ पछिका २ आर्थिक वर्षको लेखापरीक्षणको काम भने महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षक नखटाएका कारण हुन सकेको छैन । लेखापरीक्षक खटाएको अवस्थामा बीमा कम्पनीले ढिलोमा एक वर्षमा सबै लेखापरीक्षण पूरा गर्न सक्ने बीमा कम्पनी उच्च स्रोतले दाबी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।