शेयर बजारलाई छोएन संघियताले ,कर्णाली प्रदेश पहुँच बाहिर हुँदा अन्यमा के छ अवस्था ?

Sep 11, 2018 Merolagani

नेपालको संविधान २०७२ लागू भएसँगै मुलुक केन्द्रीकृतबाट संघात्मक शासन व्यवस्थामा रूपान्तरित भईसकेको छ । चालू आर्थिक बर्षदेखि नै मुलुकमा वित्तीय संघियता समेत लागू भएको छ । तर शेयर बजार भने अझै राजधानी केन्द्रित रहेको छ ।

सि-आश्वा कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था पुगेका ठाउँहरुबाट शेयर आवेदन गर्न सहज भएको छ । 

तर ग्रामिण र दुर-दराजका जनता भने अझै दोस्रो बजारको पहुँचबाट बाहिर नै रहेका छन् । शेयर कारोबार गराउने ब्रोकर कम्पनीहरु राजधानी र शहर केन्द्रित हुँदा शेयर कारोबारको दायरा फस्टाउन पाएको छैन ।

हाल देशभर ५० ब्रोकर कम्पनीहरुले ९३ स्थानबाट शेयर कारोबार गराउँदै आएका छन् । जसमध्ये ५० स्थान काठमाण्डौं र ४३ स्थान काठमाडौं बाहिर रहेको छ । केहि ब्रोकर कम्पनीहरुले नयाँ शाखा विस्तारका लागि धितोपत्र बोर्डमा आवेदन गरेको भए पनि बोर्डले कुनै निर्णय लिन सकेको छैन ।

चालू आर्थिक बर्षको मौद्रिक नीतिबाट वाणिज्य बैंकहरुले छुट्टै कम्पनी स्थापना गरेर ब्रोकरको काम समेत गर्नसक्ने व्यवस्था गरिएको छ । तर अझै पनि कुनै वाणिज्य बैंकहरुले ब्रोकेज सेवा विस्तारका प्रक्रिया समेत सुरु गरेका छैन । जसले गर्दा शेयर बजार सीमित दायराबाट विस्तार हुन सकेको छैन ।

भौगोलिक रुपमा सबैभन्दा ठूलो कर्णाली प्रदेश (प्रदेश न.६) मा सेयर बजारको पहुँच अझै पुग्न सकेको छैन। कर्णाली प्रदेशमा सेयर कारोबार गराउने ब्रोकरहरुले एउटा पनि शाखा स्थापना नगर्दा  सेयर बजारको पहुँच पुग्न नसकेको हो ।

हालसम्म काठमाडौं उपत्यका बाहिर ब्रोकर कम्पनीहरुले ४३ स्थानमा शाखा कार्यालय सञ्चालन गरेका छन् । ५० वटा मध्ये ७ ब्रोकरले अहिलेसम्म कुनै पनि शाखा विस्तार गरेका छैनन् ।

अरुण सेक्युरिटीज, ओपल सेक्युरिटीज, मार्केट सेक्युरिटीज, मल्ल एण्ड मल्ल सेक्युरिटीज, सगरमाथा सेक्युरिटीज,शिल्पा सेक्युरिटीज र स्वेता सेक्युरिटीजले अझै कुनै पनि स्थानमा शाखा खोलेका छैन् । शाखा कार्यालय खोलेका अधिकांश ब्रोकरका पनि शहर केन्द्रित रहेका छन् ।

सबैभन्दा धेरै पूर्वी नेपालको प्रदेश नम्बर १ मा १५ ब्रोकरले शाखा स्थापना गरेका छन् । त्यसैगरी गण्डकी प्रदेश (प्रदेश न.४) मा नौं स्थानबाट सेयर खरिद बिक्रीको काम भईरहेको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै पोखरामा बसोबास गर्ने लगानीकर्ताहरु सेयर बजारमा आबद्ध भएका छन् । प्रदेश नम्बर ५ मा ८ ब्रोकर कार्यालयले सेयर कारोबार गराएका छन् ।

 

प्रदेश नम्बर ३ रहेकाे राजधानी काठमाडाैंमा ५० ब्रोकर कार्यालयबाट सेयर बिक्री भइरहेको छ । यसै प्रदेशका अन्य ७ स्थानमा ब्रोकरहरुले शाखा विस्तार गरेका छन् । साथै प्रदेश नम्बर २ को प्रमुख शहर वीरगञ्जबाट ३ ब्रोकर कार्यालयले सेयर खरिद बिक्री गराउँदै आएका छन् ।

सरकारले पूँजी बजारलाई देशव्यापी  गराउन भन्दै 'क' वर्गका वाणिज्य बैंकहरुले सेयर खरिद बिक्री गराउन सक्ने मौद्रिक नीति मार्फत व्यवस्था गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।