रिडी हाइड्रोपावर कम्पनीको बोनस प्रस्ताव

Sep 12, 2018 Merolagani

रिडी हाइड्रोपावर कम्पनी (RHPC) ले गत आर्थिक बर्ष २०७४/७५ मा आर्जन गरेको खुद नाफा तथा सञ्चित जगेडा कोषबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

मंगलबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले यसअघिका विगत दुई बर्षयता ६ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।

गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीकाे चुक्त्ता पूँजी ५० करोड १० लाख ५५ हजार १०० रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको तीन करोड ६३ हजार ३०६ रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार ४०६ रुपैयाँ पुग्नेछ ।

कम्पनीले उक्त लाभांश वितरण गर्न असोज २० गते शनिबार १७ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट पारित भएपछि उक्त बोनस सेयरधनीलाई वितरण गरिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।