उक्त सम्झौता भएपश्चात कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकहरुर्तालाई प्रदान गर्ने कर्जा सापटी, कोषको रकम भुक्तानी, विशेष सापटी तथा अन्य भुक्तmानी अब राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट इन्टरनेट बैंकिङ्ग डिजिटल सेवा मार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको सञ्चयकर्ताको खातामा सिधै रकम जम्मा हुने छ ।
उक्त समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई ठूला वित्तीय कारोबार गर्ने सरकारीे संस्थाहरु बीच भएको यस सम्झौताबाट सञ्चयकर्तालाई अझ सिघ्र र प्रभावकारी ढंगबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सकिने बताए ।
त्यसैगरी कोषका प्रशासक तुलसीप्रसाद गौतमलले हाल कोषमा करिब छ लाख सञ्चयकर्ता रहेको र देशकै ठूलो बैंक र ठूलो फण्ड म्यानेजर बीचको यो सम्झौता बित्तीय क्षेत्रको सेवा प्रवाहमा कोशेढुङ्गा सावित हुने बताए ।
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।