पूर्व–पश्चिम रेलमार्गका लागि जापानको एक्जिम बैंकबाट ऋण

Sep 14, 2018 Merolagani

सरकारले पूर्व–पश्चिम रेलमार्गका लागि जापानको एक्जिम बैंकबाट सहुलियत ऋण लिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले जापानी राजदूत मासामिची सियागोसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले नेपालको पूर्व–पश्चिम रेलमार्गका लागि जापानको एक्जिम बैंकबाट सहुलियत ऋण सहयोगका लागि जापानी राजदूत मासामिची सियागो समक्ष आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ ।

भेटका क्रममा अर्थमन्त्री र राजदूतबीच जापानी सहयोग र नेपालको सामाजिक–आर्थिक विकासका लागि सम्भावित सहयायता परिचालनबारे विस्तृतमा छलफल भएको थियो ।

त्यस्तै, सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेकाले पूर्वाधार आयोजना विकासका लागि ठूलो स्रोत परिचालन गर्न आवश्यक रहेको अर्थमन्त्रीको भनाई थियो ।

सो क्रममा जापानी राजदूतले सिन्धुली बर्दीबास सडक खण्डको मर्मत सम्भार तथा विस्तार सम्बन्धि सम्झौतापत्र छिट्टै आदान-प्रदानका लागि आग्रह गरेका थिए । यो सडकको केही खण्डमा २०७२ को महाभूकम्पका कारण क्षति पुगेको छ ।

 

यस्तै, उनले उच्च आर्थिक वृद्धिका लागि हरेक क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने भएकाले नेपालले लगानीको वातावरण निर्माण गरी बाह्य लगानी आकर्षित गर्न अर्थमन्त्री खतिवडालाई सुझाएका थिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।