प्रभु इन्स्याेरेन्सको लिलामी सेयरको बोलपत्र खोलिँदै, ४९० रुपैयाँसम्मको आवेदन

Sep 14, 2018 Merolagani

प्रभु इन्स्याेरेन्स (PRIN) ले भदौ १७ देखि २४ गतेसम्म लिलामीमा ल्याएको १५ हजार ८६१.७६ कित्ता संस्थापक सेयर तथा एक लाख २१ हजार १५४.८७ कित्ता सेयरको बोलपत्र बिक्री प्रबन्धक प्रभू क्यापिटलमा खुला भैरहेको छ ।

इन्स्याेरेन्सकाे एक लाख २१ हजार १५४.८७ कित्ता साधारण सेयरका लागि एक हजार १६ जनाले आवेदन परेकाे छ । संस्थापक सेयरका लागि ३ वटा मात्र आवेदन परेको छ ।

१२ बजेसम्ममा साधारण सेयरका लागि अधिकतम ४९० रुपैयाँसम्मको आवेदन परेको छ । एक आवेदकले १३० कित्ता सेयरका लागि सो मुल्यमा बोलपत्र पेश गरेका हुन् ।

त्यसैगरि अर्का एक अावेदकले पाँच हजार कित्ता सेयर न्यूनतम मूल्य १०० रूपैयाँमा समेत अावेदन गरेका छन् ।

त्यसैगरि संस्थापक सेयरका लागि अधिकतम १७० रुपैयाँको आवेदन परेको छ । 

 

 

 

 

यसअघि इन्स्योरेन्स लेख्नु पर्नेमा अन्यथा भएकोमा सच्याईएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।