प्रभु इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड, कति कायम भयो कटअफ मूल्य ?

Sep 14, 2018 Merolagani

प्रभु इन्स्योरेन्स कम्पनी (PRIN) को लिलामी सेयर शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलमा खोलिएको बोलपत्रमा साधारण सेयरको कटअफ मूल्य ४५१ रुपैयाँ कायम भएको छ । संस्थापक सेयरकाे कटअफ १७० रूपैयाँ कायम भएकाे छ ।

प्रभु इन्स्योरेन्स कम्पनीले भदौ १७ देखि २४ गतेसम्म १५ हजार ८६१.७६ कित्ता संस्थापक सेयर र एक लाख २१ हजार १५४.८७ कित्ता साधारण सेयर लिलामीमा ल्याएको थियो । 

इन्स्याेरेन्सकाे साधारण सेयरका लागि एक हजार १६ वटा र  संस्थापक सेयरका लागि ३ वटा मात्र आवेदन परेको थियाे ।

साधारण सेयरका लागि अधिकतम ५०० रुपैयाँसम्मको आवेदन परेको थियाे । एक आवेदकले १०० कित्ता सेयरका लागि सो मुल्यमा बोलपत्र पेश गरेका हुन् । त्यसैगरि अर्का एक अावेदकले पाँच हजार कित्ता सेयर न्यूनतम मूल्य १०० रूपैयाँमा समेत अावेदन गरेका छन् ।

त्यसैगरि संस्थापक सेयरका लागि  १७० रुपैयाँमा आवेदन गर्नेले मात्र सेयर प्राप्त गरेका छन् । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।