आमसर्वसाधारणलाई बजार प्रवेशमा प्रोत्साहित गर्न लगानीकर्ता सप्ताह मनाइने

Sep 16, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले आगामी असोज १५ देखी २१ गतेसम्म विश्व लगानीकर्ता सप्ताह मनाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि तथा लगानीकर्ताको शसक्तिकरण गर्न लगानीकर्ता सप्ताह मनाउन लागिएको हो ।

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (IOSCO) को एशोसिएट सदस्य भएपश्चात बोर्डले सन् २०१६ देखि उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ ।

विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह मार्फत् पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको शसक्तिकरण गर्ने रहेको बोर्डको भनाई छ ।

देश हालै संघीय स्वरुपमा रहेको तथा धितोपत्र बजारसमेत क्रमशः देशव्यापी हुँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई आमसर्वसाधारणलाई बजार प्रवेशमा प्रोत्साहित गरी धितोपत्रको मागको व्यवस्थापनका लागि बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको बताएको छ ।

बोर्डले यस अवधिमा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी (¥याली) । पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र लगानीकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै नियमन निकाय, नेपाल स्टक एक्सचेञ्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ्गका उच्च पदस्त कर्मचारी र धितोपत्र व्यवसायी, प्रबुद्ध लगानीकर्ता तथा पूँजी बजार विज्ञलाई सम्लग्न गराई टेलिभिजनमार्फत अर्न्तवार्ता/अन्तरक्रिया कार्यक्रम प्रसारण गर्ने कार्यक्रम पनि बोर्डले तय गरेको छ ।

यसैगरी बोर्डले प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शंनी सञ्चालन गर्ने तथा एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने भएको छ । यी कार्यक्रमहरुले लगानीकर्ताहरुको सशक्तिकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास कार्य थप सहज हुने तथा देशमा पूँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।