कालिका पावरको आईपिओमा आवेदन गर्ने आज अन्तिम दिन, ५० कित्ता मात्रै गरे वेश

Sep 17, 2018 Merolagani

कालिका पावर कम्पनी (KPCL) ले निष्काशन गरेको १२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) मा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो।

जसमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न पाईने व्यवस्था रहेको थियो ।

कम्पनीको निष्काशित शेयर भन्दा बढीको माग आवेदन परेपछि आज बैकिङ कारोबार समय पश्चात आइपिओ निष्काशन तथा बिक्री बन्द गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा काठमाडौं क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आईपिओमा आवेदन गर्न सक्नेछन् । मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि शेयर आवेदन दिन सक्नेछन् ।

आवश्यक भन्दा बढी आवेदन परेकाले कम्पनीको शेयर गोलाप्रथाबाट दश कित्ता मोडलमा वाँडफाँड हुनेछ । यसैले आवेदकले ५० कित्ता भन्दा बढी शेयर नभरेकै जाति हुनेछ ।

कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएकोे छ । बाँकी रहेको ११ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिनेछ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो । साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

 कस्तो हो कम्पनी ?

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १० लाख रुपैयाँ छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको अध्यक्ष तथा प्रबन्धक निर्देशकमा पूर्वमन्त्री एंवम निमार्ण व्यवसायी बिक्रम पाण्डे रहेका छन् ।

आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । कम्पनीले चालु आर्थिक बर्षबाट लाभांश दिनसक्ने प्रक्षेपण समेत गरेको छ । कम्पनीले चालु बर्षमा ३ करोड रुपैयाँ अर्थात चुक्ता पूँजीको पाँच प्रतिशत बराबरको शेयर लाभांश बाड्ने दाबी गरेको छ ।

कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठेकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

आईपिओ जारी गर्न इक्रा रेटिङ गराएको कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।