जनसेवी लघुवित्तको चार करोड २० लाखको आईपिओ आउने, पुग्यो धितोपत्र बोर्ड

Sep 17, 2018 Merolagani

जनसेवी लघुवित्त वित्तीय संस्था (JSLBSL) ले चार करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर ९आईपिओ० निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४ लाख २० हजार कित्ता आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीको शेयर बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आइपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड रुपैया पुग्नेछ ।

२०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी ३० करोड र जारी पूँजी १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ ।

हाल वित्तीय संस्थाको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र छ संस्थाले २१ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

चालु आर्थिक बर्षमा संस्थाले थप ६ जिल्लामा गरी कुल शाखा संञ्जाल ३२ पुर्याउने लक्ष्य राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।