छयालिस अंक उक्लेपछि नेप्सेको वृद्धिमा ब्रेक, कारोबारमा उत्साह कायमै

Sep 17, 2018 Merolagani

चार दिन लगातार बढेर ४६ अंक उक्लेपछि सेयर बजार परिसूचक नेप्सेको वृद्धिमा पाँचौं दिनमा ब्रेक लागेको छ । लगातार बढेको बजारमा झिनाे करेक्सन हुँदा नेप्से स्थिर देखिएको छ भने कारोबारको उत्साह भने कायम नै रहेको छ । यसअघि पनि भदाै १४ गतेदेखि पाँच काराेबार दिनमा ६२ अंकले नेप्से बढेर तीन काराेबार दिनमा २३.२५ अंकले बजारमा करेक्सन अाएकाे थियाे ।

साताको दोस्रो कारोबार दिन सोमबार सूचक ०.१३ अंकको झिनो गिरावट सहित १२५६.४० बिन्दुमा बन्द भएको छ । 

१६७ कम्पनीका २४ लाख २५ हजार ३०३ कित्ता सेयर ६८ करोड ७६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । समग्र बजार पूँजीकरण १४ खर्ब ९६ अर्बमा समेटिएको छ ।

पछिल्ला दिनमा वाणिज्य बैंक समूहमा लगानीकर्ता झुम्मिने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । शिर्ष कारोबार भएका दश कम्पनीमा नेपाल इन्स्योरेन्स कम्पनी बाहेक सबै वाणिज्य बैंक नै रहेका छन् ।

सोमबारको बजारमा केही लगानीकर्ता निर्जीवन बीमा कम्पनीतर्फ समेत आकर्षित भएका छन् । जसले निर्जीवन बीमाको इन्डेक्स ३ प्रतिशत बढेर ८ करोड ९८ लाखको कारोबार भएको छ । शिर्ष नाफा कमाउने १० कम्पनीमा प्रिमियर इन्स्योरेन्सदेखि एभरेष्टसम्म पाँच कम्पनी समेटिएका छन् । यसले केहि लगानीकर्ता बैंकबाट यी कम्पनीमा मोडिएको आभाष हुन्छ ।

सोमबार सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ५ लाख १७ हजार ८२६ कित्ता संस्थापक सेयर ९ करोड २६ लाख रुपैयाँको खरिद बिक्री भएको छ । यो कूल बैंकिङ्गमा भएको कारोबार (३३ करोड २१ लाख रुपैयाँ) को करिब २८ प्रतिशत हो ।

दोस्रो ठूलो कारोबार भएको एनएमबि बैंकको ६ करोड २१ लाखको सेयर कारोबार भएको छ ।

प्रभु बेंक २ करोड ९१ लाख, नेपाल बैंक २ करोड ४५ लाख, कुमारी २ करोड २१ लाख, जनता २ करोड १६ लाख, एनआईसी एशिया २ करोड १५ लाखकाे काराेबार भयाे ।

त्यसैगरि एनसीसी बैंककाे १ करोड ७५ लाख, नेपाल इन्स्योरेन्स एक करोड ५७ लाखर मेगा बैंकको १ करोड ५४ लाखको सेयर खरिद बिक्री भयो ।

लाभांश घोषणा गर्नेक्रम चलिरहँदा बजारमा लगानीकर्ता सक्रिय हुन थालेपछि शेयर बजारको चमक भने कायम नै रहेको छ । बजार खुलेदेखि नै कहिले बढ्ने त कहिले घट्ने गरेको नेप्से सामान्य करेक्सन भएर एक अंकभन्दा कम घटेर बजार बन्द भएको छ ।

 

सोमबार कारोबारमा आएका उप समुहका मिश्रित देखिएका छन् ।

वाणिज्य बैंक सहित होटल, विकास बैंक, जलविद्युत, वित्त र अन्य गरि ६ वटा इन्डेक्स एक प्रतिशत भन्दा कम घटेका छन् ।

निर्जीवन बीमा सबैभन्दा धेरै ३.४८ अर्थात २०३.४६ अंकले बढेको छ भने जीवन बीमा, व्यापार,उत्पादन तथा प्रशोधन र लघुवित्तको इन्डेक्स् बढेका छन् ।

सोमबारको बजारमा साना तथा मझौला कम्पनीका सेयरधनीले कमाएका छन् । भार्गव विकास बैंकको सेयरमूल्य सबैभन्दा बढी ९.४२ प्रतिशतले बढेको छ भने प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, साल्ट ट्रेडिङ्ग, तिनाउ विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र बोटलर्स नेपालका सेयरधनीले साढे ४ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् ।

एक्सेल डेक्सलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशतले अवमूल्यन भएको छ भने युनाइटेड मोदी हाइड्रोपावर र मिर्मिरे लघुवित्तका सेयरधनीले पनि ३ प्रतिशत बढीले गुमाए ।

 

कन्काइ विकास बैंक, स्वदेशी लघुवित्त, रिडी, नेशनल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, र सर्पोट माइक्रोफाइनान्सको सेयरधनी पनि गुमाउने सूचीमा अटाएका छन् ।

यी सबै कम्पनीको सेयरमूल्यमा २ प्रतिशत बढीले ह्रास आएको छ ।

कारोबार रकम केही गिरावट भएपनि अझै करिब ७० करोड नजिकमा कारोबार भएकाले लगानीकर्तामा उत्साहित घटेको मान्न सकिन्न ।

यद्यपी आइतबारको तुलनामा भने कारोबार रकम २२ करोड बढीले घटेको छ । नयाँ र ठूला लगानीकर्ता बजार प्रवेश गरेकाले बजारमा कारोबार भने राम्रै भएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।