लगानीकर्तालाई अनलाईन टेडिङ्गमा अभ्यस्त बनाउन मंगलबारदेखि नेप्सेले मोक ट्रेडिङ्ग सुरु गर्ने

Sep 17, 2018 Merolagani

पूर्ण स्वचालित अनलाईन सेयर कारोबार प्रणालीका लागि लगानीकर्तालाई अभ्यस्त बनाउन असोज २ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मोक ट्रेडिङ्ग सुरुवात गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

यसअघि सीमित लगानीकर्ता तथा सेयर दलालहरुलाई राखेर मोक ट्रेडिङ्ग गराएको नेप्सेले मंगलबारदेखि भने आम सर्वसाधारण लगानीकर्ता मोक ट्रेडिङ्गमा सहभागि हुन सक्ने जनाएको छ । लगानीकर्ताले हाललाई भने मोक ट्रेडिङ्गमा कम्युटरबाट मात्र सहभागि सक्नेछन् ।

नेप्सेले मोक ट्रडिङ्गको यूजर म्यानुअल समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यूजर म्यानुअलका आधारमा लगानीकर्ताले मोक ट्रडिङ्गमा सहभागिता जनाउन सक्नेछन् । लगानीकर्ताबाट मोक ट्रेडिङ्ग गर्दा देखिएका समस्या तथा अन्य सुझावहरुलाई लिनको लागि नेप्सेले छुट्टै इमेल आइडि उपलब्ध गराउने जनाएको छ ।

नेप्सेले मोक ट्रेडिङ्गमा लगानीकर्ताले आफैँ सेयर खरिद बिक्रीको लागि आदेश दिन सक्नेछन् । यो ट्रेडिङ अभ्यासको लागि मात्र भएकोले यसमा कारोबारको राफसाफ भने हुने छैन तर रियल टाइम मार्केट डेप्थ हेर्न सकिने सुबिधा रहने छ । लगानीकर्ताले आफुले दिएको अर्डर र कारोबार हेर्न सक्नेछन् भने अर्डर रद्ध वा परिवर्तन गर्नसक्ने फिचर पनि यसमा हुनेछ ।

मोक ट्रेडिङ्ग वास्तविक कारोबार नभए पनि यो अनलाईन कारोबारको लागि अभ्यस्त बनाउनका लागि टेस्टिङ्ग भएकाले कारोबार गर्दा आउने समस्या तथा गल्तीहहरुलाई पहिचान गर्दै प्रविधिमा आवश्यक सुधार गर्न भने यो महत्वपूर्ण रहनेछ ।

मोक ट्रेडिङ्गमा सहभागिता जनाउन हरेक लगानीकर्ताले आफुले कारोबार गर्ने सेयर दलाल कार्यालयबाट युजर नेम र पासवर्ड लिएको हुनुपर्छ । पूर्ण अनलाईनबाट सेयर कारोबार भने २ महिनापछि मात्र सञ्चालनमा आउने नेप्सेले जनाएको छ । नेप्सेले अनलाई कारोबार प्रणाली सुरुवात गर्नका लागि गत साउन १ गतेदेखि अनलाइन कारोबारको प्रणालीको परीक्षण थालेको थियो ।

युएटीको आन्तरिक कार्य सकेपछि मोक ट्रेडिङ्गको लागि तयार भएको अनलाईन सफ्टवेयर डेभलपर्स वाईको प्रा. लि का प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानले बताए । मोक ट्रेडिङ्गमा सहभागिहरुको आफ्नो अडर प्लेसमेन्ट र ट्रेड गर्न सकिने उनले बताए । मोक टेडिङ्गको ७ हप्तासम्म परिक्षण अवधि हुनेछ ।

मोक ट्रेडिङ्ग सुरुवात गर्न आयोजित पत्रकार सम्मेलनमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आगामी कात्तिक महिनाभित्र पूर्ण अनलाइन सेयर कारोबार सञ्चालनमा ल्याउने बताए । अब कुनै पनि बहानमा अनलाई कारोबार प्रणाली ढिलो नहुने उनको भनाई छ ।

प्रमुख कार्यकारी अधिकृत साउदले अनलाईन ट्रेडिङ्गमा प्रयोग हुने भेञ्चर कम्पनी र डाटा सेन्टर फरक फरक कम्पनी भएको कारणले गर्दा अनलाइन टेडिङ्ग पछाडि धकेलिएको बताए ।

नेप्सेका आइटी प्रमुख निरञ्जय नायकले हाललाई मोक ट्रेडिङ्गको समय भने निर्धारण भैसकेको बताए । बिहान १० बजेदेखि ५ बजेसम्म नै खुला गर्ने विकल्पहरुमा मात्र अहिले छलफल भइरहेको र आवश्यकता अनुसार समय परिवर्तन गर्न सकिने उनको भनाई थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।