चीनियाँ सामानमा कर लगाउने अमेरिकाको निर्णयले स्टक मार्केट समेत प्रभावित

Sep 18, 2018 Merolagani

अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेपछि यसको प्रभाव चीनियाँ सेयर बजारमा समेत देखिएको छ । अमेरिकाले चिनियाँ सामानमा नयाँ कर लगाउने निर्णयले चिनियाँ स्टक बजारमा असोज १ गते सोमबार नै एक प्रतिशतले गिरावट देखिएको छ ।

साङ्घाई कम्पोजिट इन्डेक्स सन् २०१४ पछि पहिलो पटक न्यून बिन्दुमा झरी २६५१.७९ पुगेको छ ।

अमेरिका र चीनबीच व्याप्त व्यापार विवादले कसैको पनि हित नगर्ने, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताएका छन् । उनले समानता, इमान्दारिता, आपसी सम्मानसहित हुने वार्ताले अमेरिका र चीनबीच व्याप्त वर्तमान व्यापार विवादलाई सही दिशा दिने समेत उल्लेख गरे ।

यसको प्रतिक्रिया स्वरूप अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको चेतावनी दिएका छन् । बेइजिङले अमेरिकाबाट चीनमा आयात गर्ने छाला, कोका क्रिम र कन्डोमलगायतका सामानमा ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

हाल अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।

(एजेन्सीकाे सहयाेगमा)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।