सिद्धार्थ क्यापिटद्धारा असोज २५ गते साधारण सभा आह्वान, ३० प्रतिशत लाभांश वितरण गर्दै

Sep 18, 2018 Merolagani

सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटले लाभांश पारित गर्नका लागि यहि असोज २५ गते सातौं बार्षिक साधारण सभा आह्वान गरेको छ । शंकर होटल लाजिम्पाटमा दिनको ३ बजे बोलाएको सभाले चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने भएको हो ।

कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल ६ करोड रुपैयाँको कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरि आर्थिक वर्ष २०७५÷७६ को लागि लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र बार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने लगायतमा प्रस्ताव साधारण सभामा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।