यसरी सहभागी हुन सकिन्छ अनलाइन कारोबारको परीक्षण 'मोक ट्रेडिङ्गमा'

Sep 18, 2018 Merolagani

आगामी दुई महिनाभित्र शेयर कारोबारमा पूर्णस्वचालित अनलाईन प्रणाली कार्यन्वयनमा ल्याउने घोषणा गरेको नेपाल स्टक एक्सचेञ्जले आज मंगलबार देखि मोक ट्रेडिङ्ग सुरु गरेको छ । नेप्सेले ४ देखि ६ हप्ता सम्म मोक ट्रेडिङ्ग संचालन गरेपश्चात पूर्ण अनलाईन कारोबार कार्यन्वयनमा ल्याउने जनाएको छ ।

मोक ट्रेडिङ्ग गर्दा लगानीकर्ताले आफैले खरिद बिक्रि अर्डर दिन सक्नेछन् ।

मोक ट्रेडिङमा सहभागि हुन पहिले लगानीकर्ताले ब्रोकरबाट युजर नेम र पासवर्ड लिनु पर्नेछ । त्यसपछि अर्डर दिन र ट्रेड गर्न सकिन्छ । लगानीकर्ताले आफ्नो अर्डर सच्याउनुका साथै अर्डर र ट्रेड बुक हेर्न समेत पाउनेछन् ।

मंगलबारदेखि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मोक ट्रेडिङ गर्न पाउने नेप्सेले जनाएको छ । तर यसले वैधानिकता भने पाउने छैन । यो अनलाइन कारोबारको परीक्षणका लागि मात्र गरिएको कारोबार हो ।

परीक्षण अवधिमा अर्डर दिँदा कुनै समस्या देखिए त्यसको समाधान गर्ने र लाइभ कारोबारमा जानुअघि कुनै समस्या नआओस भनेर नेप्सेले मोक ट्रेडिङ्ग सुरु गरेको हो।

कसरी लिने युजर नेम र पासवर्ड ?

सबै भन्दा पहिले लगानीकर्ताले आफुले कारोबार गरिरहेको ब्रोकर कम्पनीमा आधिकारीक परिचय पत्र सहित उपस्थित भएर युजर नेम र पासवर्ड लागि सम्पर्क गर्नु पर्दछ । त्यसपछि लगानीकर्ताहरुको डाटा ब्रोकरले इन्ट्रि गर्दछ । ब्रोकरले दिएको युजर नेम र पासवर्ड स्वीकृत भएपछि नेप्सेले युनिक क्लाइन्ट कोड प्रदान गर्दछ । त्यो युनिक क्लाइट कोड फेरी ब्रोकर कम्पनिलाई दिनु पर्दछ ।

युजर नेम र पासवर्ड लिने लगानीकर्ताहरुले भने ब्रोकर कम्पनीको आईपि ठेगानावाट यस अघि शेयर दलालकोबाट पाएको क्लाइण्ट आईडिका आधारमा अनलाइनको युजर माग गर्न सकिन्छ । तर लगानीकर्ताको ब्रोकर कम्पनीमा केवाईसी तथा इमेल भने अद्यावधिक भएको हुनुपर्दछ ।
युजर नेम र पासवर्ड पाइसके पछि लगानीकर्ताहरुलाई क्लाइन्ट लगइनको सुविधा प्राप्त हुन्छ । क्लाइन्ट आइडि लगइन भएपछि लगानीकताहरु आफै मोक ट्रेडिङ्गमा सहभागि भएर अर्डर दिन र ट्रेड गर्न सकिन्छ ।

ब्रोकरको लागि डिएनए लगईन

ब्रोकर कम्पनीहरुले अर्डर म्यानेजमेन्ट गर्न डिएनए लगईन गर्नुपर्दछ । डिएनए लगइन गरे पछि मात्रै ब्रोकरको नेप्सेसंग एक्सेस हुन्छ । त्यस पछि लगानीकर्ताहरुको अर्डर म्यानेजमेन्ट गर्ने काम गर्दछ । यो लगईन गरेपछि ब्रोकरले आफ्नो क्लाइन्टको शेयर खरिद बिक्रि गर्न सकिनछ । यसमा लगानीकर्ताहरुको अर्डर इन्ट्रि, इडिट, क्यानसिल वा रिजेक्ट गर्न सकिने व्यवस्था छ ।

 


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।