राजश्व संकलनमा आक्रमक सरकार, पूँजीगत खर्चमा भने सामान्य सुधार

Sep 18, 2018 Merolagani

राजश्व संकलनमा कडाईका साथ लागेको सरकारले चालु आर्थिक बर्षको पहिलो दुई महिनामा एक खर्ब २० अर्ब राजश्व संकलन गरेको छ । जुन अघिल्लो बर्षको यसै अवधिका तुलनामा ३७ प्रतिशतले बढी भएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयमा मंगलबार आयोजित पत्रकार भेटघाटका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले साउन र भदौमा एक खर्ब २० अर्ब राजश्व संकलन भएको जानकारी दिए । साथै उनले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको पनि स्पष्ट पारे।

अर्थमन्त्रीका अनुसार दुई महिनामा एक खर्ब ३ अर्ब बजेट खर्च भएको छ । यसअवधिमा चालुतर्फ ९६ अर्ब रुपैयाँ तथा पूँजीगत खर्च ७ अर्ब रुपैयाँ रहेको छ । अर्थमन्त्री खतिवडाले अघिल्लो आर्थिक बर्षको तुलनामा चालु बर्षको यस अवधिमा पूँजीगत खर्चमा सुधार आएको बताए । प्रदेशमा भएको खर्चको तथ्यांक प्राप्त नभएकाले खर्चको एकिन नभईसकेको उनको भनाई छ ।

करको दायरा बढाउने र करमैंत्री कार्यालयको स्थापना गरेर राजश्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको बताउदै अर्थमन्त्री खतिवडाले सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालय स्थापना गरेको जानकारी दिए ।

साथै उनले स्थानीय तहमा देखिएको कर सम्बन्धि समस्या समेत समाधान हुँदै गएको दाबी गरे। खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको पनि पत्रकार सम्मलेनमा स्पष्ट पारे। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।