कालिका पावरको आर्इपिओमा साढे सात गुणा बढी आबेदन

Sep 18, 2018 Merolagani

कालिका पावर कम्पनी (KPCL) ले निष्काशन गरेको आर्इपिओमा साढे सात गुणा बढी आवेदन परेको छ । कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको हो ।

एक लाख २२ हजार आबेदनबाट सो माग परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ २८ गतेदेखि असोज १ गते सम्म कूल १२ लाख कित्ता आर्इपिओ निष्काशन गरेको थियो । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था थियो । 

कुल निष्काशनमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ । यस अनुसार प्रत्येक आबेदकलाई गोलाप्रथाबाट दश कित्ता सेयर बाँडफाँड हुनेछ ।

यस अनुसार कालिका पावर कम्पनीको आर्इपिओ एक लाख ११ हजार ६०० जना आवेदकलाई १० कित्ताका दरले बाँडफाँड हुनेछ । आइपिओमा एक लाख २२ हजार आवेदन परेकाले १० हजार ४०० आवेदकको हात खाली हुनेछ भने एक लाख ११ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन् ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।

साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।