अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सरकारले अागामी फागुनमा लगानी सम्मेलन गर्ने

Sep 19, 2018 Merolagani

सरकारले आगामी मार्च महिनामा तेस्रो पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । वि.सं २०४६ सालको राजनैतिक परिवर्तन पश्चात नेपालमा लगानीको पहिलो चरण सुरु भएको थियो । त्यसपश्चात २०७३ फागुनमा सरकारले दाेस्राे पटक लगानी सम्मेलन गरिसकेकाे छ ।

असोज २ गते बसेको लगानी बोर्डको ३२ औं बैठकले अन्तर्राष्ट्रिय लगानी भित्राउन सम्मेलनको आयोजना गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले समृद्ध नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्राउने उद्धेश्य लिएर सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।

नेपालमा जलविद्युत,पर्यटन,खानी, कृषि प्रशोधन,सूचना प्रविधि तथा टेलिकम र पूर्वाधार जस्ता लगानीका धेरै लगानीका धेरै क्षेत्र भएकाले प्रर्याप्त अवसर रहेपनि राजनैतिक अस्थिरताका कारण अपेक्षित लगानी हुन सकिरहेको छैन ।

अहिले दुई तिहाइ बढिको सरकार भएकाले यो सम्मेलनले लगानी वृद्धि हुने सरकारको अपेक्षा रहेको छ । सम्मेलन आयोजना गर्देमा लगानी भित्रदैँन । त्यसका लागि लगानी मैत्री कानुन, वातावरण प्रशासनिक चरित्र तथा संयन्त्र विकास गर्नु पहिलो शर्त हो ।

वि.सं २०४६ सालको राजनैतिक परिवर्तन पश्चात नेपालमा लगानीको पहिलो चरण सुरु भएको थियो । सो समयमा धेरै अन्तराष्ट्रिय कम्पनीहरु नेपालमा लगानी बढाउन प्रवेश गरेका थिए । २०४६ सालअघि ६३ वटा उद्योग वैदेशिक लगानीमा सञ्चालन भएका थिए । 

सरकारले यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री रहेको २०७३ फागुनमा आयोजना गरेको लगानी सम्मेलनमा एक खर्बको लगानीको प्रतिबद्धता आउने विश्वास गरिएकोमा करिब १४ खर्ब अर्थात १३.५२ विलियन अमेरिकी डलरको प्रतिबद्धता आएको थियो । 

यसले पनि नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भन्ने प्रमाणित गरेको थियो ।

यस्तै लगानी बोर्ड बैठकले बैठकले पश्चिम सेतीबाट चीनको थ्री गर्जेजले हात झिकेपछि उक्त परियोजनालाई अघि बढाउने विषयको मोडालिटी बनाउन उर्जा, अर्थ र उद्योग मन्त्री सम्मिलित उच्च स्तरीय समिति बनाउने समेत निर्णय गरेको छ ।

त्यसैगरी, औद्योगिक पूर्वाधारको आभावले विकास निर्माणको समय लम्बिने,लागत बढ्ने गरेको बिषयलाई मध्यनजर गर्दै पूर्वाधार निर्माणको जिम्मा पनि विकास निर्माण कर्तालाई बनाउन दिने निष्कर्ष निकालेको छ ।

यस्तै, जापान क्लब इन्टरनेशनलले १३ अर्ब ९० करोडको लगानीमा काठमाडौं भक्तपुर र पोखरामा होटल निर्माण गर्न गरेको प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।