हिमालय ऊर्जाले पायो आर्इपिओ निष्कासनको अनुमति

Sep 19, 2018 Merolagani

हिमालय ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दाका लागि आईपिओ निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई ९ करोड ९० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशनको अनुमति दिएको छ ।

कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका उक्त सेयर जारी गर्ने भएको हो । निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले पहिलो चरणमा १० प्रतिशत साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्नेछ । बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

आयोजना प्रभावित बासीन्दालाई सेयर निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती आयोजना निमार्ण गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।