एनआईबिएलका दुबै म्युचुअल फण्डले बढाउँदै छन् शेयर बजारमा लगानी

Sep 21, 2018 Merolagani

पछिल्लो समयमा म्युचुअल फण्डले पूँजी बजारमा लगानी विस्तारै वृद्धि गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल मार्फत सञ्चालित दुई म्युचुअल फण्डले पनि सूचीकृत कम्पनीहरुमा लगानी बढाएका छन् । फण्डहरुको बैंक मौज्दात घटेबाट बजारमा लगानी बढेको देखिएको हो । 

एक महिनाको अवधिमा शेयर बजारमा दुई कम्पनीले गरेको लगानी ५ करोड ८५ लाख रुपैयाँ वृद्धि भएको छ । 

गत साउनमा एनआईबिएल समृद्धि फण्ड १ को बैंक मौज्दात २१ करोड ३८ लाख ५६ हजार रुपैंया रहेकोमा भदौमा ५ करोड २५ लाख २६ हजार रुपैंया मात्र बैंक मौज्दात गरेको छ । त्यसै गरी समीक्षा अवधिमा एनआईबिएल प्रगति फण्डको बैंक मौज्दात पनि १ करोड ६७ लाख रुपैंयाबाट १ करोड ४८ लाख रुपैंयामा झरेको छ ।

साउनको तुलनामा भदौ महिनामा एनआईबिएल समृद्धि फण्ड–१ ले तीन करोड एक लाख र एनआईबिएल प्रगति फण्डले दुई करोड ८४ लाख बढीले सूचीकृत कम्पनीहरुमा लगानी बढेको छ।  समृद्धि फण्ड–१ कुल ८० कम्पनी तथा एनआईबिएल प्रगति फण्डले ६५ कम्पनीमा लगानी गरेको छ ।

सूचीकृत कम्पनीहरुले धमाधम सेयर लाभाशं घोषणा गर्न थालेको समयमा यसरी म्युचुअल फण्डहरुले लगानी बढाउन थालेका हुन् । म्युचुअल फण्डहरुले सेयर बजारमा लगानी बढाउँदै गर्दा यसको सकारात्मक प्रभाव समेत शेयर बजारमा देखिन थालेको छ । बजारले सुधारको संकेत गरेको छ भने कारोबार रकममा समेत बढोत्तरी हुन थालेको छ ।

एनआईबिएल समृद्धि फण्ड–१

 

एनआईबिएल समृद्धि फण्ड–१ ले भदाै मसान्तसम्ममा ८० सूचीकृत कम्पनीको सेयरमा ७९ करोड ४९ लाख २५ हजार २५२ रुपैयाँ लगानी गरेको छ ।

साउनमा ७६ करोड ४७ लाख ७६ हजार १४४ रुपैयाँ सूचीकृत कम्पनीमा लगानी गरेको थियो ।

भदौ महिनामा साउन महिनाको तुलनामा ३ करोड एक लाख ४९ हजार १०८ रुपैयाँले लगानी बढाएका हुन् । फण्डले कूल लगानी ९९ करोड ९१ लाख २१ हजार ५१७ रुपैयाँ छ ।

बैंक मुद्धती निक्षेपमा १० करोड, ऋणपत्र/बन्डमा ४ करोड ३० लाख र सार्वजनिक निष्काशन, हकप्रद सेयर, बोनस सेयरमा ६ करोड ११ लाख ९६ हजार २६५ रुपैयाँ लगानी गरेको हो ।

भदौ महिनामा फण्डको प्रति इकाई खुद मुल्य १० रुपैयाँ ३९ पैसा रहेको छ । साउन महिनामा ११ रुपैयाँ १५ पैसा थियो । फण्डले भदौ महिनामा प्रति ईकाइ खुद मुल्य ७६ पैसाले ह्रास आएको हो ।

फण्डको भदौमा खुद सम्पत्ति एक अर्ब ३ करोड ८८ लाख १५ हजार ६४९ रुपैयाँ छ । साउनको तुलनामा भदौमा ७ करोड ६१ लाख ९३ हजार ५१८ रुपैयाँले खुद सम्पत्ति खस्किएको हो । साउनमा फण्डको खुद सम्पत्ति एक अर्ब ११ करोड ५० लाख ९ हजार १६७ रुपैयाँ थियो ।

फण्डले भदौ मसान्तमा ५ करोड २५ लाख २६ हजार १८१ रुपैयाँ बैंक मौज्दातमा बचत गरेको छ भने दुई करोड १९ लाख ७५ हजार ४३४ रुपैयाँ बराबरको अन्य सम्पत्ति छ ।

यस महिनामा फण्डले ३ करोड ४६ लाख ५१ हजार ७३ रुपैयाँ आम्दानी गरेको छ भने ५० लाख २६ हजार ९० रुपैयाँ खर्च गरेको छ । साथै फण्डले भदौ मसान्तसम्ममा कुल आम्दानी दुई करोड ९६ लाख २४ हजार ९८३ रुपैयाँ गरेको छ ।

एनआईबिएल प्रगति फण्ड

भदौ महिनामा एनआईबिएल प्रगति फण्डले सूचीकृत ६५ कम्पनीहरुमा ५५ करोड १७ लाख ६४ हजार ३१५ रुपैयाँ लगानी गरेको छ ।

फण्डले भदौ महिनामाको तुलनामा साउनमा दुई करोड ८४ लाख ४५ हजार ४६१ रुपैयाँले लगानी वृद्धि गरेको हो । साउन महिनामा ५२ करोड ३३ लाख १८ हजार ८५४ रुपैयाँ लगानी गरेको थियो ।

त्यसैगरी सार्वजनिक निष्काशन, हकप्रद सेयर र बोनस सेयरमा ३ करोड १९ लाख ६४ हजार ३६० रुपैयाँ लगानी गरेको छ । फण्डले कुल लगानी ५८ करोड ३७ लाख २८ हजार ६७५ रुपैयाँ छ ।

फण्डको भदौ महिनामा प्रति इकाई खुद मुल्य ८ रुपैयाँ छ । साउन महिनाको तुलनामा फण्डको प्रति इकाई खुद मुल्य ३७ पैसाले वृद्धि भएको हो । साउनमा ७ रुपैयाँ ६३ पैसा थियो । फण्डको प्रथामिक निष्काशनमा लगानी गर्ने लगानीकर्ताले अझै प्रति इकाई दुई रुपैयाँ बराबर नोक्सानीमा छन् ।

भदौमा फण्डको खुद सम्पत्ति ५९ करोड ९८ लाख २३ हजार ४११ रुपैयाँ छ । फण्डले साउन महिनाको तुलनामा भदौमा दुई करोड ७८ लाख ४० हजार ३४७ रुपैयाँले खुद सम्पत्ति वृद्धि गरेको हो । साउन महिनामा ५७ करोड १९ लाख ८३ हजार ६४ रुपैयाँ थियो ।

फण्डले यस महिना बैंक मौज्दातमा एक करोड ४८ लाख ५२ हजार ६४२ रुपैयाँ सञ्चित गरेको छ भने ३७ लाख ३१ हजार ३८२ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

भदौ मसान्तसम्ममा फण्डले एक करोड ७० लाख ७९ हजार ७९१ रुपैयाँ आम्दानी गरेर २९ लाख ८७ हजार ७४० रुपैयाँ खर्च गरेको छ । भदौ महिनासम्म फण्डको कूल आम्दानी एक करोड ४० लाख ८३ हजार ५१ रुपैयाँ छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।