गतबर्षको वित्तीय विवरण प्रकाशित गरी लाभांश घोषणा गर्दे साधारणसभा बोलाउन थालेपछि बजारको रौनक फेरिएको हो । अझैपनि कुनै वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छैनन् । वाणिज्य बैंकहरुले दिने लाभांशले पनि बजारलाई थप चलामायन बनाउनेछ । त्यसपछि फेरि इन्स्योरेन्स कम्पनीतर्फ लगनाीकर्ताको ध्यान तानिनेछ ।
तरलतामा आएको सुधार, लाभांशको सिजन लगायतले बजारमा सकारात्मक प्रभाव पारेको छ । ब्याजदर घट्ने चर्चा उत्तिकै छ । बजार बढ्दा मार्जिक कलबाट लगानीकर्ताले पाएको छुटकार र बैंकहरुले धमाधम मार्जिन कर्जा विस्तारमा जोड दिएपछि बजारमा उत्साह थपिएको छ ।
लगानीकर्ताको मनोबलमा बढेकाले नै पछिल्ला सातामा कारोबारमा पनि उत्साह जागेको छ । औषतमा २० करोडको कारोबार हुने बजारमा अर्बसम्मको कारोबार हुन थालेको छ । यी सबै कुराले बजारले बुलिस प्रबृत्तिको संकेत गर्छ । तर यस्तो अवस्थामा लगानीकर्ता भने बजारबाट संचेत हुनुपर्ने हुन्छ ।
लगानीकर्ताले के मा ध्यान दिने ?
१. नेप्से कतिले बढ्यो, कहाँ पुग्यो, कहाँ पुग्ला भन्ने अर्थ्हिन कुरामा हैन, आफुले कस्ता सेयर किनिएको छ र उसको मूल्य कहाँ पुगेको छ भन्ने कुरा ख्याल गर्ने ।
२. धेरै मूल्य उचालिएका सेयर हैन, मूल्य बढ्न नसकेको राम्रो कम्पनीको सस्तो सेयर खोज्ने । राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा किन्ने र पर्याप्त फाईदा नभएसम्म राम्रोसँग समाएर राख्ने ।
३. कम्तिमा १० वटा राम्रा कम्पनी छानी पैसा बिकेन्द्रित गरेर लगानी गर्ने । रुपैयाँदेखि ४०० रुपैयाँसम्मका बाणिज्य बैंकहरु धेरै सुरक्षित छन् । ७०० रुपैयाँ तलका बिमा कम्पनीहरु पनि उपयुक्त हुन सक्छन् ।
४. अरुको बहकाऊ, हल्ला र अफवाहको पछि लाग्दै नलाग्ने ।
५. कम्पनीहरुको गतबर्षको चौथो त्रैमासको अबस्था र चालु आर्थिक बर्षको पहिलो त्रैमासमा हुनसक्ने परिवर्तनको आँकलन, बिश्लेषण गरेर लगानी गर्ने ।
६. आफ्नो औकात र जोखिमबहन क्षमता हेरेर लगानी बढाउने । सेयर बेच्दा फाईदा भएको अबस्थामा पहिले कर्जा तिर्ने अनि आफ्नो फाईदाको हिसाब गर्ने ।
७. नेपालको सेयर बजार बिकासको क्रममा रहेकाले अहिले सुरक्षित रुपमा गरिएको लगानीबाट भबिष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने हेक्का राखिरहने ।
८. सेयर बजार बढ्छ र घट्छ, यो माग र आपुर्तिको नियममा आधारित हुन्छ । यो नियमित प्रक्रिया हो, अभ्यस्त हुन सिकौ ।