कृषि बीमामा अपेक्षित सहभागिता देखिएन, बीमा कम्पनीहरुको आर्जन ५७ करोड

Oct 01, 2018 Merolagani

कृषि बीमा शुरु भएको पाँच वर्ष भईसक्दा पनि यसमा उत्साहजनक सहभागिता देखिएको छैन । कृषि बीमामा कृषकहरु मात्र नभई बीमा कम्पनीहरुले समेत त्यति चासो दिएको देखिदैन् । जसले गर्दा कृषि बीमा बापत कम्पनीहरुले बीमा शूल्क आर्जन बढाउन सकेका छैनन् ।

  सरकारले कृषकहरुलाई कृषि बीमा कार्यक्रममा व्यापक सहभागिता गराउने उदेश्यले बीमा शूल्कको ७५ प्रतिशत अनुदान दिदै आएको छ । तर पनि नीतिगत अप्ठ्यारो, भुक्तानीमा समस्या लगायतको झन्झटका कारण बीमा प्रभावकारी हुन सकेको हो ।

कृषि बीमा वापत गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ५७ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको २२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शूल्कको २.५६ प्रतिशत मात्रै हो ।

हाल संचालनमा रहको कुल २० निर्जीवन बीमा कम्पनीहरु (नयाँ सहित) मध्ये जम्मा १२ कम्पनीहरुवाट मात्रै कृषि बीमालेख जारी भएका छन् । जसवाट ५७ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शूल्क आर्जन भएको हो । यसमा पनि ४२ करोड ९५ लाख रुपैयाँ सरकारवाट अनुदान बापत प्राप्त रकम भएको बीमा समितिको तथ्यांक छ ।

 

नयाँ सहित आठ निर्जीवन बीमा कम्पनीहरुले कृषि सम्बन्धि कुनै पनि बीमा लेख जारी गरेका छैनन् । बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै नेको इन्स्योरेन्सले १३ करोड ३५ लाख रुपैयाँको बीमा शूल्क आर्जन गरेको छ । यो कृषि बीमा वापत आर्जन गरेको कुल बीमा शुल्कको २३.३१ प्रतिशत हो । त्यसपछि एनएलजी इन्स्योरेन्सले १० करोड ९७ लाख रुपैयाँ कृषि बीमा शूल्क आर्जन गरेको छ ।

यस्तै लुम्बिनी जनरल इस्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले पनि ५ करोड बराबरको कृषि बीमा शूल्क आर्जन गर्न सफल भएको छ ।

यस अवधिमा १३ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कृषि बीमा भएको छ भने २४ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको बीमा समितिको तथ्यांक छ ।

चालु आर्थिक वर्षको लागि विनियोजित बजेटले पनि कृषि बीमालाई प्राथमिकतामा राखेको छ । न्यून आय भएका किसानहरुलाई केन्द्रित गरी लघु कृषि बीमा जस्ता कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । तर कृषक र बीमा कम्पनीहरु भने कृषि बीमातर्फ आर्कषित हुन सकेका छैनन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।