मन्त्रालयले बीमा समितिका पुर्व कार्यकारी निर्देशक श्रीमान कार्की सहित सतिश कुमार देव, शैलेस कुमार मिश्र, दामोदर बसौला र रमेश कुमार पोखरेलको नाम स्वीकृत गरेको हो ।
कार्यकारी निर्देशकका लागी ७ जनाको आवेदन परेको भएपनि स्वास्थ्य बीमा ऐन २०७४ दफा २१ (क) बमोजिम योग्यता नपुगेको भन्दै काशिनाथ रिमाल र मदन कुमार उपाध्यायको नाम छनोट सुचिबाट हटाएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य बीमा ऐन २०७४ अनुसार कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्सा शास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तमिा दश बर्षको अनुभव पाप्त गरेको र पैसठ्ठी बर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
सिफारिसमा परेको श्रीमान कार्की बीमा समितिको पुर्वकार्यकारी निर्देशक हुन् । यस्तै दामोदर बसौल बीमा सम्बन्धि अध्ययन अनुसन्धानकर्ता तथा लामो समय देखि अध्यापन क्षेत्रमा संलग्न व्यक्ति हुन् । उनले जीवन बीमा बिषयमा विद्यावाधिरी समेत गरेका छन् । सतिश कुमार देव नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य हुन् भने शैलेस कुमार मिश्र नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन् ।
अब छनौट समितिले अन्तरर्वाता र प्रस्तुतीकरणको आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । त्यसमध्ये एक जनालाई सरकारले कार्यकारी निर्देशकमा ४ वर्षको लागी नियुक्त गर्नेछ ।