सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०ः ७ को अनुपातमा साबिकका शेयरधनीहरुलाई जारी गर्न लागेको जनाएकाे छ।
इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाण्डौंलाई नियुक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
गत आर्थिक बर्षको चौथौ त्रैमासिक प्रतिवेदन अनुसार सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ९ करोड ४८ लाख २१ हजार रहेको छ ।
गत बर्ष कम्पनीले १२ कराेड १५ लाख खुद नाफा कमाएर प्रतिशेयर अाम्दानी ११ रूपैयाँ ८ पैसा कायम गरेकाे छ ।