सुपरमाई हाइड्रोबाट २२ महिना अगावै परीक्षण उत्पादन,सात लाख रूपैयाँ रकम बचत हुने

Oct 11, 2018 Merolagani

इलामबाट सञ्चालित सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रो प्रालीले निर्धारित समयभन्दा २२ महीनाअगावै परीक्षण विद्युत् उत्पादन शुरु गरेको छ ।

इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो ।

आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको हो । अबको १५ दिनदेखि नियमित उत्पादन थाल्ने मैनालीले बताए ।

उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक र ज्योति विकास बैंकले एक अर्ब ५० लाख रूपैयाँ संयुक्त लगानी गरेका थिए । आयोजनाको काम छिटै सम्पन्न भएकाले करिब सात लाख रूपैयाँ रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।

सुपरमाई हाइड्रोको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो आयोजनासँगै इलाममा मात्रै ११ आयोजना हालसम्म सञ्चालनमा आएका छन् । बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् ।

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।