मोटर बीमा शुल्कमा वृद्धि भएपनि तेस्रो पक्ष क्षतिपूर्ति भने न्यून

Oct 12, 2018 Merolagani

बीमा कम्पनीहरूकाे मोटर बीमा शूल्कमा व्यापक वृद्धि भएपनि तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम भने न्युन देखिएको छ। गत साउनमा सरकारले सवारी साधानहरुको बीमा रकम सम्बन्धी पुनरावलोकन गर्न बीमा कम्पनीहरुलाई प्रस्ताव माग गरेपनि उनीहरुले चासो नदेखाएपछि क्षतिपूर्ति रकम वृद्धि हुन सकेको छैन।

निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष आर्जन गरेको कूल २२ अर्ब ३५ करोड रुपैयाँ बीमा शूल्क मध्ये करिब ८ अर्ब ९७ करोड रुपैयाँ मोटर बीमाबाट संकलन भएकाे बीमा समितिको तथ्याङ्क छ । कूल बीमा शूल्कको ४०.१३ प्रतिशत मोटर बीमाबाट मात्रै संकलन गरेको हो ।

तर त्यहि मोटर बीमा अन्तर्गत तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम भने एकदमै न्यून छ । तेस्रो पक्षको मृत्यु भई मानवीय क्षति भएका पीडित परिवारलाई ५ लाख रुपैयाँ र घाइतेको उपचारको लागि ३ लाख रुपैयाँ सम्मको रकम बीमा कम्पनीहरुले ब्योहोर्दै आएको छ ।

यो रकम न्यून भएको भन्दै गत साउनमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधानहरुको बीमा रकम सम्बन्धी पुनरावलोकन गर्न प्रस्ताव समेत माग गरेको थियो । तर त्यसमा कुनै पनि बीमा कम्पनी तेस्रो पक्ष बीमा शुल्क वृद्धि गर्ने पक्षमा देखिएनन् । जसले गर्दा तेस्रो पक्षको क्षतिपूर्ति रकम वृद्धि गर्ने सरकारको सपना साकार हुन नसकेको हो ।

 

 

गम्भीर घाइते भएका एउटै व्यक्तिको उपचारमा लाखौं खर्च भएपछि व्यवसायीहरुलाई आर्थिक भार पर्ने गरेको छ ।

बीमा कम्पनीले घाइतेको उपचारको लागि ३ लाख रुपैयाँ दिँदै आइरहेको छ । त्यसभन्दा बढी खर्च यातायात व्यवसायिले व्योहोर्दै आइरहेका छन् ।

सवारीसाधनको बीमा गर्दा तेस्रो पक्षको समेत अनिवार्य बीमा गर्नुपर्ने प्रावधान रहेको छ । सवारी साधनहरुको बीमा अन्तर्गत भूकम्प, हुलदङ्गा, आतङ्क, बाढी, दुर्घटनाको क्षति समेत समेटिन्छ ।

हवाई बीमा रकममा व्यापक वृद्धि

यता हवाई दुर्घटनाको बीमा रकममा भने व्यापक वृद्धि हुने भएको छ । अन्तर्राष्ट्रिय हवाई परिवहन विषय नियमहरु एकिकरण गर्ने सम्बन्धमा व्यवस्था भएको मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै बीमा रकम बढ्ने भएको हो ।

हवाई दुर्घटनामा मृत्यु भएका परिवारले २० हजार डलर मात्रै पाउने व्यवस्था रहेकोमा अब मन्ट्रियल महासन्धि लागू भएपछि यो रकम एक लाख १३ हजार एक सय एसडीआर अर्थात् एक लाख ५८ हजार नौ सय १० अमेरिकी डलर पुग्ने भएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।