कालिका पावरको ६० लाख कित्ता शेयर सूचीकृत, आजैदेखि किनबेच गर्न सकिने

Oct 11, 2018 Merolagani

कालिका पावर कम्पनीले ६० लाख कित्ता शेयर सूचीकरण गराएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको १८ लाख कित्ता आईपिओ सहित कूल ६० लाख कित्ता शेयर सूचीकरण गराएको हो ।शेयर सूचीकरणसँगै कम्पनीको शेयर कारोबार पनि असोज २५ गते बिहीबारदेखि नै खुला भएको छ । 

नेप्सेले कम्पनीकाे शेयर काराेबारका लागि केपीसीएल (KPCL) काराेबार संकेत प्रदान गरेकाे छ । यहि संकेतबाट कम्पनीकाे शेयर काराेबार सुरू भएकाे छ । 

कम्पनीको  पहिलो कारोबारका लागि ९५ रुपैयाँ ८४ पैसादेखि २८७ रुपैयाँ ५३ पैसासम्मको रेञ्ज दिएको छ । यहि रेञ्जबाट कम्पनीको शेयर कारोबार सुरु भएकाे छ । कम्पनीकाे पहिलाे शेयर काराेबार प्रतिकित्ता ११० रूपैयाँबाट थालनी भएकाेमा समाचार तयार पार्दासम्म बढेर १२१ रूपैयाँसम्म पुगेकाे छ ।

धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार कुनै पनि कम्पनीले शेयर बाँडफाँड गरेको एक सातापछि कारोबार सुरु गर्नसक्ने व्यवस्था रहेको छ । कालिका पावर कम्पनीले शेयर बाँडफाँडको १५ दिनपश्चात कारोबार सुरु गरेको हो ।

कम्पनीले काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटलको बिक्री प्रबन्धकत्वमा भदौ २८ गतेदेखि असोज १ गतेसम्म २० प्रतिशत बराबरको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपिओ निष्काशन गरेर असोज १० गते बाँडफाँड गरेको थियो ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो । साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रतिमेगावाट २३ करोड १० लाख रुपैयाँ छ । आयोजनाको कुल लागत एक अर्ब ३८ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको अध्यक्ष तथा प्रबन्धक निर्देशकमा पूर्वमन्त्री एवं निमार्ण व्यवसायी बिक्रम पाण्डे रहेका छन् । आयोजनाको लगानी फिर्ता ९ वर्ष ५ महिना रहेको छ । कम्पनीले चालु आर्थिक बर्षबाट लाभांश दिनसक्ने प्रक्षेपण समेत गरेको छ ।

कम्पनीले चालू बर्षमा ३ करोड रुपैयाँ अर्थात चुक्ता पूँजीको पाँच प्रतिशत बराबरको शेयर लाभांश बाँड्ने दाबी गरेको छ । कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठेकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।