अमेरिकी बजारमा देखिएको मन्दीले एशियन शेयर बजार पनि खस्कदै

Oct 11, 2018 Merolagani

अमेरिकी उच्च ब्याजदर र वल्र्ड ट्रेड वारका कारण एशियाली शेयर बजार खस्कदै गएको छ । यसले शेयर बजारका लगानीकर्ताहरुलाई विश्वव्यापी जोखिमको संकेत देखाएको छ ।

अमेरिकी स्टकबाट एशियाली बजारले आफ्नो संकेत देखाएको छ, जसले बुधबार महिनौैदेखिको सबैभन्दा ठूलो एकदिने गिरावटको सामाना गरयो ।

जापानको स्टक एक्सचेन्ज निक्केई २२५ मा ३.९ प्रतिशतले गिरावट आएको छ । यो मार्चदेखिको सबैभन्दा ठूलो दैनिक गिरावट हो ।

यस्तै चीनको सांघाई कम्पोजिट सन् २०१४ पछिको सबैभन्दा तल्लो बिन्दुमा झर्याे ।

अमेरिकी उच्च ब्याजदरले उधारोलाई अधिक महंगो बनाउने, आर्थिक गतिविधिलाई घटाउदै लैजाने र लगानीकर्ताहरुले जोखिम लिन सक्ने क्षमतामा चोट पुर्याउदछ ।

चीनका विरुद्धमा अमेरिकी नेतृत्वको व्यापारिक युद्धले लगानीकर्ताहरुलाई विश्वव्यापी विकासको दृष्टिकोणका बारेमा पनि चिन्तित बनाएको छ ।

उता दक्षिण कोरियाको स्टक एक्सचेन्ज कोस्पी सूचांकमा ३.४ प्रतिशतले गिरावट आएको छ । त्यस्तै अस्ट्ेलियाको एस एण्ड पी÷एएसएक्स २०० सूचांक २.४ प्रतिशतले खस्केको छ ।

इन्टरनेशनल मनिटरी फण्ड (आईएमएफ) ले चेतावनी दिएको छ कि, अमेरिका र चीनका बीच जारी ट्रेड वारले दुनियाँलाई नै कंगाल बनाउनेछ ।

आईएमएफले हालैमा जारी गरेको ग्लोबल इकोनोमी रिपोर्टमा ट्रेड वार ग्लोबल इकोनोमीका लागि खतरनाक भएको बताएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।