नागरिक लगानी कोषका अध्यक्ष डा.भट्टराईले गरे पद बहाली

Oct 12, 2018 Merolagani

नागरिक लगानी कोषका अध्यक्ष डा. रामचन्द्र भट्टराईले शुक्रबार पदबहाली गरेका छन् । कोषका संचालक डा.रामशरण खरेलले डा. भट्टराईलाई पद तथा गोपनियताको शपथ गराएका छन् । डा. भट्टराईलाई २१ असोजको मन्त्रिपरिषद बैठकले कोषको अध्यक्ष नियुक्त गरेको थियो ।

‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका भट्टराई हाल त्रिभुवन बिश्वबिद्यालय अन्र्तगत पाटन बहुमुखी क्याम्पसमा सुक्ष्म र बृहत अर्थशास्त्रको अध्यापन गराउदै आएका छन् ।

खोटाङ लामिडाडाँमा जन्मिएका भट्टराईसंग राष्ट्रिय वाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा लामो समय काम गरेको अनुभव छ । यो सँगै भट्टराईसँग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा काम गरेको पनि अनुभव छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।