चाडपर्व अफर : छुटको बर्षा, वाइन ग्लासदेखि २० लाख सम्म उपहार

Oct 14, 2018 Merolagani

नेपालीहरुको महान् चाड दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी विभिन्न कम्पनी तथा ब्राण्डले चाडपर्व अफर सार्वजनिक गरेका छन् । आफ्ना नयाँ उपभोक्तालाई आकर्षित गर्न र नियमित उपभोक्ता तथा सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्नका लागि उपहारका साथमा विभिन्न योजना ल्याउने गरेका छन् ।

नेपाल टेलिकमले दशैं, तिहार र छठ पर्वको पावन अवसरमा विभिन्न छुटको व्यवस्था गरेको छ ।

  

जसमा अनलिमिटेड भ्वाइस डाटा एसएमएसमा रु ६ सयमा १५ दिन, ३ सयमा ७ दिन चलाउन सकिनेछ । जसअन्तर्गत पिक आवरमा १ जीबी र प्याक अफ आवरमा १ जीबी गरी दैनिक २ जीबी डाटा उपलब्ध गराउने भएको छ । ६ रुपैयाँ प्रतिदिन ६० मिनेट भ्वाइस कल गर्न पाइनेछ । त्यस्तै प्रतिदिन ६ रुपैयाँमा ३६ एमबी डाटा प्राप्त गर्न सकिनेछ । रु ५०० र १००० को रिचार्च कार्ड र एमपीओएस रिचार्ज कार्डमा १५ प्रतिशत बोनस र १०० र २०० को रिचार्ज कार्डमा १० प्रतिशत बोनसको सुविधा दिएको छ ।

नेट टिभीले दशैंको अवसर पारेर ‘चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर’ ल्याएको छ । अफर अनुसार १ महिनाको प्रिमियम प्याकको खरिदमा अर्काे एक महिना सित्तैमा टिभी हेर्न पाइनेछ ।

हीरो ब्राण्डले ‘दशैं–बन्नेछ हिरोमाञ्चक’ अफर अन्तर्गत बाइकमा ६ हजार, स्कुटरमा ८ हजार र हरेक स्क्रयाचमा १ लाख सम्मको क्यास दिने भएको छ ।

सुजुकीले दशैंको अवसर पारेर ‘सुजुकी पर्वाेत्सव अन्तर्गत उत्सवको समय बन्छ क्यास मय’ अफर ल्याएको छ । जसमा २ लाखसम्म क्यास छुट, १ लाखसम्म एक्सचेन्ज बोनस र १ लाखसम्म स्क्रयाच कार्ड डिस्काउन्ट पाइनेछ ।

शिखर शू ले ‘पाडो किन्दा भैसी उपहार’ को योजना ल्याएको छ । जसअन्तर्गत स्क्रयाच कार्ड नगद उपहार, बम्परमा कार र जेन्स शू किन्दा लेडिज स्याण्डल फ्री पाइनेछ ।

पन्चकन्या ट्यांकीको खरिदमा एउटा अटो कट स्वीच उपहार पाइनेछ ।

नेपाल बंगलादेश बैंक लिमिटेडले महान् चाडको अवसमा २५ ग्राम चाँदीको सिक्का उपहारका साथ सगौरव बचत खाताको योजना ल्याएको छ ।

दशैं अफर अन्तर्गत आइएमईले ‘आईएमई गरौँ दशैंमा उपहार पाऔँ’ योजना अन्तर्गत २० लाखसम्मको उपहार दिने भएको छ ।

चाडपर्वको अवसरमा वेस्टर्न यूनियन मनी ट्रान्सफरबाट रकम प्राप्त गर्दा हरेक दिन १ जना विजेताले लक्की ड्र मार्फत १५ हजार र बम्परमा १ जना विजेताले ५ लाख पाउनेछन् ।

सेन्सेई दशैं तिहार मुसलधारे क्यास बहार योजना अन्तर्गत सेन्सेई ब्राण्डका कुनै पनि सामान खरिद गर्दा २० प्रतिशतसम्म नगद छुट पाउन सकिनेछ ।

डिभाइन वाइनले दशैका लागि अफर ल्याएको छ । हरेक डिभाइन वाइनको खरिदमा एउटा वाइन ग्लास सित्तैमा पाइनेछ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।