तीन करोड ५० लाखको लागतमा मकैको चिउरा उद्योग खुल्दै

Oct 14, 2018 RSS

झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरेका छन् ।

स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । 

सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति रहेको थियो ।
सहकारीले सरकारको अनुदान र आफ्नै लगानीमा मकैको चिउरा उद्योग स्थापना गर्ने तयारी गरिरहेको संस्थाकी अध्यक्ष मीना ढकालले बताए । उद्योगका लागि चाहिने भवनको काम शुरु गरिएको छ भने उपकरण धमाधम आयात भइरहेको अध्यक्ष ढकालले बताए ।

उनका अनुसार उद्योगको कूल लागत रु तीन करोड ५० लाख रहेको र त्यसमध्ये सरकारको रु एक लाख ५० हजार अनुदान रहेको छ । उद्योगको अन्य लगानी भने सहकारीको रहेको संस्थाले जनाएको छ ।
आगामी ६ महीनाभित्रमा सञ्चालन हुने चिउरा उद्योग पूर्वमा पहिलो हुने र त्यसबाट मकैको चिउरा, पिठो, चामल उत्पादन हुने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।