सूचीकृत कम्पनीले आज नविकरण शुल्क नबुझाए दशैंपछि कारोबार रोक्का हुने

Oct 15, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सूचिकरण भएका कम्पनीहरुले आज असोज २९ गतेभित्र बार्षिक नविकरण शुल्क नबुझाए दशैं पछिको पहिलो कारोबार दिन कात्तिक ४ गते देखि शेयर कारोबार रोक्का हुने भएको छ ।

नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै निर्देशन दिएको थियो ।

 

नेप्सेका अनुसार हाल नेप्सेमा सूचीकृत रहेका १९८ वटा कम्पनीहरुमध्ये असोज २८ गतेसम्म १५२ कम्पनीले नविकरण शुल्क बुझाएका छन् ।

अझै ४६ कम्पनीले नविकरण शुल्क बुझाउन बाँकी रहेको छ। जस मध्ये ठूला कम्पनीहरुले नविकरण गराएको तर साना कम्पनीहरु पहिले देखि ढिलो नविकरण शुल्क बुझाउने गरेको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले बताए ।

हालसम्म नविकरण शुल्क नबुझाउने कम्पनीका लागि आज एक दिनको समय रहेको छ ।

सोमबार भित्र नविकरण शुल्क नबुझाए दशैंपछि पहिलो कारोबार दिन कार्तिक ४ गते बाट ती कम्पनीहरुको नविकरण शुल्क नबुझाएसम्मका लागि शेयर कारोबार रोक्का हुने पराजुलीले बताए ।

धितोपत्र कारोबार नियमावली अनुसार एक करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका सूचीकृत कम्पनीले १५ हजार, एक करोडदेखि ५ करोडसम्म पूँजी भएकाले २५ हजार, ५ करोड देखि १० करोडसम्म भएकाले ३५ हजार र १० करोड माथि पूँजी भएकाले ५० हजार रुपैयाँ सूचीकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।