सेन्ट्रल फाइनान्सले मंसिर १ गते साधारण सभा गर्ने, ८.७६% बोनस पारित गर्दै

Oct 15, 2018 Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ८.७६ प्रतिशत बोनस पारित गर्न मंसिर १ गते २१ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्स कम्पनीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलखेलमा दिनको १ बजे साधारण सभा आह्वान गरेको हो ।

फाइनान्सले आर्थिक वर्षको २०७३/७४ को नाफावाट हाल कायम ७५ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको ८.७६ प्रतिशत अर्थात ६ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले कार्तिक १४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । जस अनुरुप कात्तिक १३ गतेसम्म कायम शेयरधनीले फाइनान्सको बोनस प्राप्त गर्नेछन् ।

साधारण सभा सञ्चालक समितिको बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७४ असार मसान्त सम्मको वासलात तथा नाफा नोक्सान, नगद प्रवहाको विवरण माथि छलफल गरी पारित गर्नेछ।

यस्तै साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।