काठमाडौं उपत्यकामा दशैंमा कति खपत हुन्छ मासु ?

Oct 16, 2018 Merolagani

दशैंमा विशेष गरेर मासुको परिकार बढी उपभोग हुने गर्दछ । विशेष गरी फूलपातीको दिनदेखि खसी, बोका, कुखुरा, भेडा–च्यांग्रा, राँगा लगायतका जनावरहरुको बली दिन सुरु गरिन्छ । त्यसैले दशैंमा मासुको खपत अत्याधिक मात्रामा हुने गर्दछ ।

दशैं लागेसँगै काठमाडौं लगायत आसपासका सहरहरुबाट सर्वसाधारण बाहिरिने क्रम तिब्र बनेको छ । आफ्नो गाउँघर तथा पुस्तेनी थलोमा दशैं मनाउनका लागि जाने गर्दछन् । त्यसैले पनि काठमाडौंमा दशैंमा मासुको खपत कति हुन्छ भन्ने वास्तविक आँकडा व्यवसायीहरुसँग छैन । उपत्यकामा बाहिरका मान्छे धेरै बस्ने भएकाले व्यवसायीले अनुमानको भरमा खसीबोका ल्याउने गरेका छन् ।

दशैंलाई लक्षित गरेर ६५ हजार खसीबोका तथा च्यांग्रा ल्याइएको बताइएको छ । यो वर्ष पनि दशैंमा अधिकांश खसीबोका तथा च्यांग्रा छिमेकी देश चीन र भारतबाट आयात भएका छन् ।

दशैंका लागि यो वर्ष व्यवसायीले राजधानीको खपत धान्न आउने ६० प्रतिशत खसीबोका भारतबाट आयात भएको बताएका छन् । च्यांग्रा भने चीनबाट आयात गरिएको छ ।

विगतमा झैँ खाद्य संस्थानले २ हजार खसीबोका उपत्यका भित्र्याएको छ । सरकारले यो वर्ष मुस्ताङबाट १ हजार च्यांग्रा तथा दाङ र मकवानपुरबाट १ हजार खसीबोका ल्याएको छ । संस्थानले ल्याएका खसीबोका तथा च्यांग्राबाट माग पूर्ति नहुने अवस्थामा व्यवसायीले अधिकांश माग पूर्ती गर्दै आएका छन् ।

यो क्षेत्रमा दशैंमा करिब ८० करोड रुपैयाँको कारोबार हुने आकलन व्यवसायीहरुको छ ।

खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा ७१० रुपैयाँ मूल्य प्रस्ताव गरेपनि खाद्य संस्थानले किलोमा १० रुपैयाँ छुट दिएर बेच्ने भएकाले खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्यांग्रा प्रतिकिलो सात सय रुपैयाँमा उपभोक्ताले पाउने गरी मूल्य निर्धारण गरिएको छ ।

सरकारले मासुमा आत्मनिर्भर हुन वर्षेनी विभिन्न योजना ल्याएपनि स्थानीय बजारको माग अनुसार स्वदेशी उत्पादनले धान्न सकिरहेको छैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।