लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश परिमार्जन, अब कति ?

Nov 04, 2018 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले यसअघि प्रस्ताव गरेको लाभांश संसोधन गरेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेर स्वीकृतीका लागि बीमा समिति पठाएकोमा लाभांश बीमा समितिबाट संसोधन गरि पुन पेश गर्न निर्देशन भएअनुसार परिमार्जन गरिएको एलअार्इसीले जनाएको छ ।

बीमक कम्पनीको कार्तिक १७ गते सम्पन्न सञ्चालक समिति बैठकले पहिला घोषणा गरको लाभांशलाई परिमार्जन गर्दै आर्थिक बर्ष २०७३/७४ को नाफाबाट १२ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यसअघि ३६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको यस एलअार्इसीले बीमा समितिको निर्देशन अनुसार १२ प्रतिशत बोनस शेयर वितरण गर्नेगरि लाभांश संसोधन गरेको हो । 

प्रस्तावित लाभांश बीमा समितिको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लागू हुने कम्पनीले जनाएको छ ।

 

यसअघि कम्पनीको गत साउन २४ गते सम्पन्न सञ्चालक समितिको ९४ औं बैठकले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियोे ।

हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ । १२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी एक अर्ब ४९ करोड ४७ लाख नाघ्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।