अनलाईनको अन्यौल साम्य नहुँदा शेयर कारोबार सुस्त, नेप्सेमा झिनो सुधार

Nov 14, 2018 Merolagani

मंगलवार निकै आशलाग्ने गरी बढेको शेयर बजारले बुधबार त्यही अनुरुपको गति लिन सकेन । तिहार अगाडि देखि देखिएको अनलाइन प्रणालीको अन्यौल बुधवारको कारोवारमा पनि प्रस्ट देखियो ।

बुधवार नेप्से सूचाङ्क शून्य दशमलव ९८ अंकले बढेर १२०८ दशमलव ५६ मा अडिएको छ । कारोवार रकममा पनि सामान्य सुधार आएको छ ।

बाणिज्य बैकहरुले नगद लाभांश घोषणा गर्दा बेखुश भएका लगानीकर्ता अनलाइनको अन्यौलमा पर्दा त्यसको असर बजारमा पर्न थालेको छ । यद्यपि अनलाइन प्रणालीको अन्यौल चाँडै समाधान हुने लगानीकर्ताको विश्वास छ ।

बुधबार १ सय ४४ कम्पनीका सात लाख ८५ हजार कित्ता शेयर १७ करोड ८३ लाख रुपैयाँको कारोबार भयो।

मंगलवार १७ करोड ४१ लख ५५ हजार रुपैंयाको शेयर किनबेच भएको थियो ।

कारोबारको हिसावले प्रभु बैंकको शेयर ३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । दोस्रोमा कुमारी बैंकको १ करोड ६७ लाख रुपैयाँ र तेस्रो स्थानमा नेपाल बैंकको १ करोड ४५ लाख बरावरको किनवेच भयो ।

कारोबारमा आएका नौ उपसूचक मध्ये पाँचवटा बढेका छन् भने चारबटा घटेका छन्। । सबैभन्दा बढी निर्जीवन बीमा समूह ०.९१ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा बढी ०.५४ प्रतिशतले घटेको छ।

 

यस दिन युनाइटेड इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै करिब चार प्रतिशतले कमाए भने महुली सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै चार प्रतिशतले नै गुमाएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।