‘पिंग लेगेसी’ नामक उक्त हीरा केबल १९ क्यारेटको रहेको छ । यसलाई अमेरिकी ब्राण्ड ह्यारी विन्स्टनले जेनेभामा भएको एउटा लिलामीमा खरिद गरेको हो ।
क्रिस्टीज अक्सन हाउसका युरोप प्रमुखका अनुसार, उक्त हीराको प्रति क्यारेट मूल्य करिब ३१ करोड रुपैयाँ रहेको छ । जुन एउटा नयाँ विश्व रेकर्ड हो ।
उक्त हीरालाई लिलामी सुरु भएको करिब ५ मिनट भित्र नै खरिद गरिएको थियो । नयाँ मालिकले त्यसलाई ‘विन्स्टन पिंक लेगेसी’ नाम दिएका छन् ।
उक्त हीरा डि बीयर्स खनन कम्पनी चलाउदै आएका ओपेहाइमर परिवारको सम्पत्ति थियो ।
क्रिस्टिज अक्सन हाउसका इन्टरनेशनल हेड अफ जूलरीका अनुसार, यसलाई दुनियाँको सबैभन्दा शानदार हीरो रुपमा गनिन्छ । उनले भने, यसको गुलाबी रंग एक क्यारेटको हीरामा पनि सजिलैसँग देख्न सकिन्छ । तर यो हीरा लगभग १९ क्यारेटको छ र यो पूर्ण रुपमा गुलाबी रहेको छ । यो अविश्वसनीय छ ।
यस हीराले प्रति क्यारेट मूल्यको पछिल्लो सबै रेकर्ड तोडिदिएको छ । सन् २०१७ को नोभेम्बरमा ८.४१ क्यारेटको गुलाबी हीरा हङकङमा करिब २४ करोड रुपैयाँ प्रति क्यारेटका हिसाबले बिक्री भएको थियो । एजेन्सी