“नेक्सनले आज नेपाली बजारमा सर्वाधिक बिक्री हुने COMPACT SUV को रुपमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेको छ ।
टाटा मोर्टसको प्यासेन्जर भ्याइकल यूनिट सम्बन्धि अन्तर्राष्ट्रिय व्यापारका प्रमुख सुजन रोयले भने हामीले नेक्सनको अर्को आकर्षक संस्करण नेक्सन क्राजलाई मुख्यतः सक्रिय र साहासिक जीवनशैली रुचाउने नेपाली ग्राहकको आवश्यक्ता र मागलाई सम्बोधन गर्न ल्याएका हौँ ।”
मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइन्छ ।
यसैगरी २०९ मिलिमिटरको उतकृष्ट ग्राउण्ड क्लियरेन्स ले नेक्सन क्राजलाई अरुभन्दा बढि सुरक्षित र आरामदायी बनाएको छ ।
चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एस्. यू. भि. मोडेलमा पाइन्छ ।
कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० प्रेट्राेल र १५०० सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । मङ्सिर १ गते बाट नेक्सन क्राज , क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्ट मा डिजेलका लागि ४३ लाख ८५ हजार पेट्रोलका लागि ३९ लाख ९५ हजार सुरुवाती मुल्यमा उपलब्ध हुनेछन् ।
मनमोहक बनावट एवं उत्कृष्ट कार्य क्षमताले गर्दा यस नयाँ गाडीले नेपाली उपभोक्ताको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
यस्ता छन् मुख्य विशेषताः
१. Tromso Black Neo- green रङ्गको अपूर्व संगम Automotive design क्षेत्रमा एक विल्कुलै नयाँ क्रान्ति ।
२. Sporty Sonic- Silver रङ्गको dual-tone roof
३. 110 PS शक्ति र 6 speed manual गियर transmission प्रणाली भएकाले उत्कृष्ट कार्यक्षमता ।
४. Global NCAP को परिक्षणद्धारा सबैभन्दा सुरक्षित SUV प्रमाणित । Global Ncap को crash test मा सुरक्षाको लागि 4 star उपाधि पाउन सफल ।
५. ECO,CITY / SPORT को मल्टि ड्राइभ मोड भएको
६. २०९ मिलिमिटरको उतकृष्ट ग्राउण्ड क्लियरेन्स