एशियन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ६८ करोड २४ लाख रुपैयाँ

Nov 19, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ करोड ३७ लाख रुपैयाँले बढी हो । गत वर्ष ५४ करोड ८६ लाख रुपैयाँ दुख बीमा शुल्क कमाएको थियो ।

 

 कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख रुपैयाँ र बीमालेख धितो कर्जामा ९५ करोड ८६ लाख रुपैयाँ लगानी गरेर ९२ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । 

कम्पनीले समीक्षा अवधिमा एक करोड ६९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक करोड ५८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीले जगेडा कोषमा २६ करोड ६८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ संचित छ ।

हाल सम्म कायम २ लाख १९ हजार ६३९ बीमालेखबाट कम्पनीले कुल १६ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले तीन हजार २९१ वटा दाबीका लागि ९४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८६ दाबी वापत एक करोड ७० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी एक रुपैयाँ ३५ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २४ पैसा र मुल्य आम्दानी अनुपात ४३६ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।