एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजनमा पछि हट्यो नेप्से, गल्ती कसको ?

Nov 19, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा गरेको समायोजन फिर्ता लिएको छ । संस्थापक हकप्रदलाई साधारण शेयरको मूल्यमा समायोजन गरेको भन्दै चौतर्फी दवाब आए पछि नेप्सेले यस अघि गरेको निर्णय फिर्ता लिएको हो । योसँगै शेयर मूल्य समायोजन पछि भएका कारोबारहरु रद्ध भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जले एभरेष्ट इन्स्योरेन्सको साधारण शेयरको मूल्यमा १०५ प्रतिशत संस्थापक हकप्रदलाई समायोजन गरेको थियो । नेपालको पूँजी बजारमा पहिलो पटक निष्काशन हुन लागेको सन्दर्भमा फरक किसिमको शेयरलाई अर्कै शेयरमा गरिएको समायोजन व्यवहारिक थिएन ।

यही विषयलाई केन्द्रमा राखेर चौतर्फी रुपमा मूल्य समायोजन फिर्ता लिन नेप्सेलाई दवाब परेको थियो । कम्पनी स्वयमका साथै लगानीकर्ताहरुको चर्को आलोचना र दवाब पछि शेयर मूल्य समायोजन भएको चौथो दिनमा नेप्से आफ्नो निर्णयबाट पछि हटेको हो ।

नेप्सेले मूल्य समायोजनको निर्णय फिर्ता लिएसँगै समायोजन हुनुभन्दा पहिलेको दिनको मूल्यमा शेयर कारोबार सुरु भएको थियो । त्यस पछिका कारोबारहरुमा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ ।

१ हजार ५० रुपैंया प्रतिकित्ताको दरमा कारोबार खुले पछि १ हजार ७१ रुपैंयामा पहिलो कारोबार भएको एभरेष्टको शेयर अहिले ९ सय ४५ रुपैंयामा किनबेच भईरहेको छ ।

नेपाल स्टक एक्स्चेञ्ज भने मूल्य समायोजनबाट पछि हट्दा लगानीकर्ता शसंकित बनेका छन् । चाहेको बेलामा कुनै पनि किसिमको निर्णय गर्ने अनि बिरोध सुरु भए पछि तत्काल पछि हट्ने कृयाकलापले नेप्सेको कृयाकलापमा लगानीकर्ताहरुले शंका व्यक्त गरेका छन् ।

मेरोलगानीसँग कुरा गर्दै एक जना लगानीकर्ताले भने, 'गर्नु पर्ने के हो भन्ने नबुझी हचुवाको भरमा नेप्सेले निर्णय गर्ने गरेको प्रष्ट भयो । कम्तीमा फ्रण्टलाइन रेगुलेटरले गर्नु पर्ने निर्णय उचित हुनु पथ्र्यो, ताकि अहिले आफ्नै निर्णयबाट पछि हट्नु पर्ने अवस्था आउने थिएन । आगामी दिनमा पनि नेप्सेले गर्ने हरेक निर्णयमा सहजै प्रश्न खडा गर्ने ठाउ बनेको छ ।'

नेप्सेको निर्णयका कारण केही दिन लगानीकर्ता समस्यामा समेत परे । त्यति मात्र नभई मूल्य समायोजन पश्चात शेयर किन्नेहरु पनि नेप्सेको गलत निर्णयका कारण मारमा परेका छन् । मूल्य समायोजन होस् वा कुनै पनि विषयमा निर्णय गर्नु पहिले पर्याप्त गृहकार्य र छलफल गर्नु पर्ने अवस्थामा नेप्से पुगेको भान भएको छ ।

...[एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक शेयर उस्तै हो ? मूल्य समायोजन रद्ध हुने संकेत]...

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।